‘पचास दिनभित्र एक लाख उद्यमी तयार पार्छौं’

धुलिखेल, ६ फागुन । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र एक लाख उद्यमी तयार पार्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासमा सहयोग गरी १० वर्षभित्रमा कुनै पनि नेपाली नागरिक मजदुरी गर्न विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।

“उद्यम दर्ता गर्नेका लागि सरकारले केही न केही व्यवसाय गर्ने वातावरण तयार गर्छ,” उहाँले भन्नुभयो । रासस

तपाईको प्रतिक्रिया

Loading...