नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले लक्ष्मी बैंकका कर्मचारीहरुलार्इ तालिम दिने

काठमान्डाैं / नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र लक्ष्मी बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ०७४ असोज ९ गते  संचालन हुने उक्त तालिममा एन.बी.आईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार लक्ष्मी बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट रु.५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
सम्झौता पत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिंग र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया