नेपाल-पेरु उद्योग वाणिज्य संघको अध्यक्षमा खेतान

नेपाल-पेरु उद्योग वाणिज्य संघको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । नेपाल लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यतामा समपन्न भएको उक्त सभामा सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष राकेश कुमार सराबगी, सचिव कुमार खतिवडा, कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरूमा निर्मल राज पौडेल, ललित अग्रवाल र कुञ्ज बिहारी मोर रहेका छन् । संघको निवर्तमान अध्यक्षतमा उमंग अग्रवाल रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपालका लागि पेरूका अवैतनिक महावाणिज्यदूत अग्रवालले नेपाल र पेरुबीचको आर्थिक एवं कूटनीतिक सम्बन्धलाई थप कसिलो र मजबुद बनाउन संघको स्थापना गरिनुका साथै संघ स्थापनापश्चात दुई देशबीचको व्यापार अभिवृद्धिका सबालमा थुप्रै कामहरू भएको बताएका छन् ।

अहिले नेपाल र पेरुबीचको व्यापार त्यति धेरै नभएता पनि पेरुबाट भने नेपालमा जिङक र आल्मुनियमको आयात भइरहेको उनले बताए। उनले व्यापार घाटा पेरुसँग पनि ९५ प्रतिशतले बढेको बताउँदै निर्यातलाई बढवा दिन र पर्यटन प्रवर्द्धन जोड दिन निकट भविष्यमै पेरु उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग नेपाली वस्तुहरूको प्रवर्द्धनका विषयलाई उच्च प्राथमिकतामा राखेको उनले बताए।

लगानी प्रवरद्धनका लागि उद्योग व्यवसायीको प्रतिनिधि मण्डल छिटै नै पेरुको अध्ययन तथा अवलोकन भ्रमण निस्कने जनाइएको छ। नेपाल र दक्षिण अमेरिकी मुलुक पेरु बीच आर्थिक एवं व्यवसायी सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ सन् २०१२ संघको स्थापना भएको हो।

तपाईको प्रतिक्रिया

Loading…