निर्माण सामग्री व्यावसयीद्वारा आर्थीक सहुलियत दिन माग

इटहरी / लामाे समयकाे लकडाउनले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकाे छ । लकडाउनले व्यापार व्यापसाय सञ्चालन हुन नसक्दा व्यावसयीहरू बिभिन्न समस्या भग्नु परेकाे छ । याे लकडाउनले निर्माण सामग्री व्यावसयीहरू पनि प्रत्यक्ष मारमा परेका छन् । इटहरीका निर्माण व्याव्यावसयी सघं हार्डवेयर, प्लाइ तथा सेनेटरी व्यावसयी संघले आर्थिक समस्या सिर्जना भएकाे बताएकाे छ । संघले एक विज्ञप्ती जारी गर्दै घर भाडा, कर्मचारीलाइ तलब, बैंक व्याज, बिमा, विधुत महसुल लगायतकामा भुक्तानि गर्न नसक्ने अवस्था आएकाे बताएकाे हाे ।

विज्ञप्तीमा भनिएकाे छ ” बर्षातकाे शुरूवात सगै खाेलाजन्य पदार्थकाे उत्तखनन र उत्पादन बन्द हुन गइ त्यसकाे प्रत्यक्ष असर निर्माण सामाग्रीकाे व्यवसायमा पर्न जान्छ । त्यसैले महामारी नियन्यत्रण भइ लकडाउन खुलिहालेकाे अवस्थामा पनि व्यावसायीक प्रतिष्ठानहरूले उच्च काराेवार गर्न सक्ने अवस्था नभएकाले आ.व ०७६।०७७ काे चाैथाे त्रैमासिक मात्र नभइ आर्थिक बर्ष ०७७।०७८ काे पहिलाे चाैमासिमा पनि आर्थिक गतिविधि चलयमान हुन सक्ने अवस्था छैन् ।” त्यसै गरी विज्ञप्ति मार्फत घरभाडा, बैक व्याज, विधुत, टेलिफाेन, करमा छुट दिन तथा निर्माण सामाग्रीकाे काराेवार चलयमान बनाउन समेत माग गरीएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…