निर्माण कार्य पुरा नभई भुक्तानी

तेह्रथु / म्याङलुङ नगरपालिका–५ , जिरिखिम्ती माझगाउमा निर्माणधिन आम्फुवा पशुहाट बजार स्थलको निर्माण सम्पन्न नभई अलपत्र परेको छ । स्थानीय कृषकहरुले पालेका पशुपक्षीहरुलाई बिक्रीका लागि संकलन गर्ने उदेश्यले बनाउन सुरु गरिएको पशुहाट बजारको निर्माण समितिले बिचैमा काम छाडेपछि अलपत्र भएको हो । पशुहाट निर्माणका लागी पशुपंक्षी बिकास मन्त्रालयद्धारा एक करोड अनुदान प्राप्त भएपछि सुरु गरिएको निर्माणको कार्यको ४० प्रतिशत पनि नसकी निर्माण समितीले बिचमै छाडिदिएको छ ।

पशुहाट निर्माण कार्यमा स्थानीयबासीले सहयोग नगर्दा स्टमेट अनुसार काम गर्न नसकिएको निर्माण समितिका संयोजक तेजमान कन्दङवा बताए । ‘कृषकहरुकै फाईदाका लागि सरकारले बजेट दिएपनि स्थानीयको अबरोधका कारण आयोजना अलपत्र भएको हो’ उनले दाबी गरे । यता स्थानीयबासी तथा वडा सदस्य गणेश सोदेम्बाले भने आयोजनामा सरकारबाट प्राप्त भएको अनुदान दुरुपयोग भएकोले निश्पक्ष छानबिन हुनुपर्ने माग गरेकाछन् । नेपाल सरकारबाट किसानहरुको नाम आएको एक करोड बजेटबाट करिब ४० प्रतिशित मात्रै काम गरेर पुरै भुक्तानी लिई भ्रष्टचार गरेको वडा सदस्य सोदेम्बाले दावी गरे । ‘काम पुरा नगरी समितीले निर्माण कार्य सम्पन्न भईसकेकोे कागजात बनाएर भुत्तानी लिईकेको छ’ उनले भने ।

गाउको बिकासका लागी आएको बजेट काम नगरी भुक्तानी लिनु भष्ट्रचार मात्र नभएर अपराध नभएको स्थानियबासी दिलकुमार सेनेले बताए । ‘पशुहाटको नामका आएको सबै पैसा खाएर स्थानियले सहयोग गरेनन् भन्नु निर्माण समितीको कहासम्मको दुश्कार्य हो’ उनले भने । पशुहाट निर्माणका लागी स्थानियबासीले कुनैपनि प्रकारको अवरोध नगरेको वडासदस्य सोदेम्बाले बताए । आयोजना स्थलमा अहिले चार वटा ट्रष्ट र एउटा काउण्टरका लागि अपुरो भवन मात्र निर्माण भएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…