निजि क्षेत्रको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने : अर्थमन्त्री कार्की

विराटनगर । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजि क्षेत्रको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विराटनगरका व्यवसायीसँग कुरा गर्दै कार्कीले बैँकको ब्याजदरको विषयमा राखेका व्यवासयीका गुनासा सम्बोधन गर्ने बचन दिएका हुन् ।विराटनगरका व्यवसायीले मन्त्रि समक्ष हरेक साल परिवर्तन हुने बैंकिङ नीतिले व्यवसायी आजित भएको गुनासा गरेका छन् । उनिहरुले बैँकको चर्को ब्याजदरले व्यवासाय धरााशायि भएको भन्दै बैंकिङ नीति बारे पुनर्विचार गर्नुुपर्ने धारणा राखेका थिए ।

जवाफमा मन्त्री कार्कीले आफुु नयाँ व्यवसायीले लगानी गर्ने वातावरण पाउन भन्न सोच मै रहेको भन्दै यस बारे बैँकसँग कुरा राख्ने आश्वसन दिए । मोरङ व्यापार संघको आयोजनामा भएको कार्यक्रममा व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग सँगठन मोरङका अध्यक्ष मुुकेश उपाध्याले व्यवासायीका गुनासा राखेका थिए । तर व्यवसायीका गुनासालाइ सतही जवाफ मात्र दिएर झारो टार्ने काम गरेको व्यवसायीले गुनासो गरे ।

उद्योगीले मन्त्रीसमक्ष विराटनगरको आर्थिक विकासका लागि क्षेत्रीय विमानस्थल निर्माण, विशेष आर्थिक क्षेत्र (सेज)को स्थापना, विद्युत्को ट्रान्मिसन लाइनको क्षमता विस्तार, बैंकले मनपर्दी बढाएको ब्याजको नियन्त्रण, राष्ट्र बैंकले लगाएको अनावश्यक कर तथा शुल्कलगायतका विषयलाई जोडदार उठाएका थिए ।

तपाईको प्रतिक्रिया