धरानमा बजाजको महा एक्सचेञ्ज मेला लाग्ने, कुनैपनि पत्रु मोटरसाइकल वा स्कुटर लगेपनि ३० हजार त पाइने नै

धरान / धरानमा बजाजको महा एक्सचेञ्ज मेला लाग्ने भएको छ । यही भदौ २२ गतेदेखि २७ गतेसम्म बजाज महा एक्सचेन्ज मेला लाग्ने भएको हो । धरानको सभागृहमा हुने एक्सचेन्ज महामेलामा कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्न सकिनेछ । ‘कुनैपनि ब्राण्डको पत्रु मोटरसाइकल वा स्कुटरको ब्लुबुकसहित ल्याए ३० हजार त दिन्छौं नै’, धरानका आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्शका प्रोप्राइटर अर्बिन तामाङले भने ।

बुधबार धरानस्थित होटल सन्ध्या इनमा आयोजित पत्रकार सम्मेलनमा गएको वैशाख ८ देखि १३ गतेसम्म आयोजना भएको महामेलाको अपार सफलता र ग्राहकको मागलाई ध्यानमा राख्दै यस्तो मेला आयोजना गर्न लागिएको उनले जानकारी दिए । बजाज मोटरसाइकलको चाडबाड लक्ष्यित ‘भविष्यवाणी अफर’ अन्तर्गत मेलामा नयाँ मोटरसाइकल खरिद गर्नुअगाडि अधिकतम १ लाखसम्म र खरिदपछि पनि अधिकतम १ लाखसम्मको छुट प्राप्त गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्यभन्दा १५ हजार थप हुने साथै प्रत्येक नयाँ बजाज मोटरसाइकल खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्नुका साथै ठाउँको ठाउँ फाइनान्स तथा इन्स्योरेन्सको सुविधा समेत प्राप्त गर्ने उनको भनाइ थियो । तस्वीरः लक्ष्मण थापा

तपाईको प्रतिक्रिया

Loading…