दूषित दूध खान बाध्य सप्तरी बासी

राजविराज । राजविराज स्थित हटियामा अहिले पनि हात डुबाएर दूधको गुणस्तर परीक्षण गर्ने परम्परागत विधि छोड्न नसक्दा कारणले जिल्लाबासी दूषित दूध खान बाध्य भएका छन् । हटियामा दूध बिक्री गर्दा ल्याक्टो तथा फ्याट मापन गर्ने साधन पाइँदैन । त्यसैको फाइदा उठाएर किसानले दूधमा पानी मिसाएर बिक्री गर्छन् । ग्राहकले पालैपालो हात डुबाएर परीक्षण गर्ने परम्पराले दूधको शुद्धता नष्ट हुने गरेका छन् ।

राजविराजमा दैनिक करिब दुई हजार लिटर दूध खरिदबिक्री हुने गरेको छ । आसपासका जमनुनी मधेपुरा, मलेठ, फर्सैठ, बोरिया, रञ्जितपुर, बरही वीरपुर, बेल्ही, देउरी भरुवा, बिसहरिया, सिम्रहा सिंगियौनलगायत स्थानबाट किसानले दूध ल्याई हटियामा बिक्री गर्छन् । यस क्षेत्रमा वर्षौंदेखि हात डुबाएर दूध परीक्षण हुँदै आएको छ । तर, नियन्त्रण र नियमनमा सरोकारवाला निकायको ध्यान पुगेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार हात डुबाएर बिक्री गर्दा दूध अशुद्ध हुन्छ । त्यस्तो दूध सेवन गर्दा सरुवा रोग तथा हैजासम्म सर्ने खतरा रहन्छ । दूध परीक्षणका नाममा भइरहेको गलत प्रक्रियाले बालबालिका र ज्येष्ठ नागरिकमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूको भनाइ छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…