दुध बिक्रीबाट वार्षिक लाखौ आम्दानी गर्दै तेह्रथुमका कृषक

तेह्रथुम । ग्रामिण क्षेत्रमा दुध बिक्रीबाट बार्षिक लाखौ आम्दामी लिन थाले सँगै जिल्लाको पश्चिमी क्षेत्रका युबाहरु ब्याशायिक गाईपालनमा आर्कषीत बन्दै आएका छ । छथर गाँउपालिका १ आङदिमका युवा ज्ञानेन्द्र कार्की यतीबेला दुध बिक्रीबाट लाखौ आम्दामी लिन सफल बनेका छन ।

दरिलो जोश, जाँगर, मेहनत र लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धन आर्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण रुपमा चिनीन सफल भएका छन । उनले संचालन गरेको कार्की गाई फार्मबाट यतिबेला राम्रो आम्दानी गर्न सफल बन्दै गएका छन ।

२०७२ साल देखी ३ वटा गाइ ईलामबाट किनेर ल्याए सँगै व्यवासायीक गाईपालन सुरु गरेका उनको फार्ममा यतिबेला विभिन्न जातका १२ दुहुना वटा गाईहरु रहेका छन् । कार्कीले गाँउमा नै सञ्चालन भएको चिस्यान केन्द्रमा दुध बिक्री गरी वार्षिक १२ लाख रुपैयाँ सम्मको आम्दानी गर्दै आएका हुन् । २६ बर्षिया कार्कीले घरमा भएको ५ लाख प्राम बैकबाट ५ लाख कृषी बिकास बैकबाट स्वरोजगारको ३ लाख र बिभीन्न बित्तीय संस्थाको ६ लाख गरी १९ लाख लगानीमा फर्म सञ्चालनमा ल्याएका थिए । फर्म सुरु गर्दा लिगानी डुब्ने डरले निराश बने पनि ब्याबशायीक रुपमा गाईपालनलाई निरन्तरता दिनु नै उनको सफलता बन्दै गएको छ ।

उहाँ भन्नु हुन्छ मैले लगानी गरेको १९ लाखमा १० लाख तिरीसके अब नौ लाख क्रण छ त्यो पनि यस बर्ष दुध बिक्रीबाट नै तिर्ने सोच लिएको छु । वर्षेनी लाखौ नेपाली युवाहरु देशमा रोजगारीको अभाव रहेको, लगानी गर्ने वातावरण नभएको भन्दै विदेशी रहदाँ कार्की भने स्वदेशमा नै पसिना बगाएर हिरा फलाउने उदेश्यका साथ गाई पालनमा रमाइ रहेका छन् । २०६४ सालमा मलेसिया पुगेका कार्कीले ७ बर्ष बिदेशमा नै बिताएका थिए । जिबनमा केही गर्ने उदेश्यका लिएका कार्कीले सामाजिक सञ्जालमा गोरखाका राजेन्द्र राज पन्थको सफल गाईपालनलाई हेरे पछि अध्यायनका लागी गोरखा पुगेको थिए ।

गोरखा पुगेर अध्यायन गरी गाईपालनबाट राम्रो आम्दामी लिन सकिने उदाहरण देखे पछि गाईपालनमा पे्ररित बनेको सुनाए । बिदेशमा घरपरिवार छोडेर दुनियाँको गाली खादै पसिना बगाउँन जानूभन्दा आफ्नै देशमा परिवारको साथमा बसेर सकेको कमाउनु राम्रो सोचका साथ फर्म नै दर्ता गरेर ब्याशायिक रुपमा गाई पालन थालेका थिए ।

उनी भन्छन आफ्नो देशमा दुःख, सुःख साट्ने परीवार त साथमा छन् फेरी विदेशमा पैसाको बोट पनि हुन्न परिश्रम गर्ने हो भने विदेशको भन्दा राम्रो सफलता त देशमा नै गर्न सकिन्छ विदेशको कमाई भन्दा राम्रो आम्दामी लिँदै आएको छु । ३ जना कामदारका साथमा दैनिक गाईहरुको रेखदेखमा अहोरात्र खट्ने ढुंगाना गाईहरुको संख्या अझै बढाएर १५ वटा सम्म पुर्याउने योजनामा छन् ।

अनुदानको नाममा ५० किलो घाँसको बिउ बाहेक अरु केही नपाएको उनले बताए । सरकारी अनुदान वापतको रकम वास्ताविक कृर्षकको हातमा भन्दा पनि झोले कृर्षकको हातमा पर्ने गरेकोमा उनले गुनासो पोखे । उनको फार्ममा अहिले १० वटा गाईले दैनिक ७० लिटर दूध दिन्छन् । दूध बिक्रीबाटै मासिक १ लाख देखी १ लाख २० हजार आम्दानी गर्ने गरेको कार्कीले बताए । दूध डेरीमा प्रतिलिटर ४५ देखी ५५ रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । ब्याबशायिक रुपमा गाईपालनमा लागेका कार्कीले अहिले गाउँमा नै छुर्पी उद्योग सञ्चालन भर्खरैबाट सुरु गरेका छन ।

बर्षादको समयमा सडक अबरुद्ध हुँदा दुध बिक्रीमा समस्या हुने गरेकोले छुर्पी उद्योग सुरु गरेको उनले बताए । कार्की जस्तै छथरगाउँपालिका १ आङदिमका सबिन भट्टराईले पनि दुध बेचेर नै बार्षिक १० लाख आम्दामी ँिलँदै आएका छन । भ्टटराई गाई फर्म दर्ता गरी ब्याबशयिक रुपमा गाईपालन सुरु गरेका भट्टराईले १० वटा उन्नत जातका गाईपालन गर्दै आएका छन । उनले गाउँमा उत्पादन भएको दुध संकलन गरी जिबन बिकास डेरी हिलेलाई बिक्री गर्दै आएका छन । एक शिक्षक युबा मास्टर्स पढेका भट्टराईले जागिरको साट्टा ब्याबशायिक गाईपालन रोजेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...