दुई देशको सहमतिमा पाँचवटा भन्सार विन्दु थप गरिंदै

माेरङ / नेपाल र भारतको सहमतिमा दुई देशका सीमा नाकामा नयाँ पाँचवटा भन्सार विन्दु गरिने भएको छ । यस विषयमा दुई देशका सरकारबीच सहमति बनिसकेको भन्सार विभागका महानिर्देशक तोयम रायले जानकारी दिए । उनका अनुसार कुन कुन ठाउँमा भन्सार विन्दु थप गर्ने भन्ने टुँगो भने लाग्न बाँकी छ । उद्योग संगठन मोरङमा बिहीबार यस विषयमा छलफल समेते भएको थियो । महानिर्देशक रायाले झापाको भद्रपुर र गौरीगञ्ज, मोरङको रंगेली वा मायागञ्ज, रौतहटको बंकुल र कञ्चनपुरको बेलौरीमा नयाँ भन्सार बिन्दु खोल्न दुबै देश सहमतिको नजिक पुगेको बताए ।

भन्सार विन्दुका लागि नेपाल–भारत वाणिज्य सन्धिले सहमति दिए पूर्वाधार तयार चाँडै हुँदै छ । प्रदेश नम्बर १ को झापा र मोरङको समेत गरी तीन नाका उद्योगी, व्यवसायी र स्थानीयका लागि वहुप्रतिक्षित छन् । तीमध्ये रंगेली नाकालाई नेपाली पक्षले आफ्नो अडानका रुपमा राखेको छ । भारतीय पक्षले भने रंगेलीभन्दा पाँच किलोमिटर पश्चिममा पर्ने मायागञ्ज नाका खुलाउन जोड दिइरहेको स्रोतले बतायो । पूर्वका उद्योगी व्यवसायीले भन्सार विभागका महानिर्देशक रायासँग भन्सार कार्यालयमा जाँचपास लगायतका नाममा हुने गरेका ढिला सुस्ती हटाउनु पर्ने माग गरे ।

उनीहरुले समस्या समाधानका लागि सरकार गम्भीर भएर उद्योग व्यवसाय संचालनमा सहजता आउने पनि बताए । रायाले नयाँ भन्सार ऐन ल्याउने तयारी भइरहेका कारण ऐनले सबै खाले समस्याको समाधान गर्ने बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…