दिव्य लघुवित्तको थप ५ शाखा सन्चालनमा

काभ्रे / काभ्रे जिल्लाको भकुण्डेवेशीमा केन्द्रीय कार्यालय रही राष्ट्र्यिस्तर कार्य क्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था लि. ले सलकपुर (मोरङ), बर्दिवास (महोत्तरी), सन्तपूर (रौतहट), वीरेन्द्रवजार (धनूषा) तथा वरहथवा (सर्लाही) मा गरी थप ५ शाखा कार्यालयहरु सन्चालनमा ल्याएको छ ।

उक्त पांचवटै शाखा कार्यालयहरुको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री किरण बिष्टले उद्घाटन गर्दै लघुवित्तीय सेवाले विपन्न वर्गको आर्थिक स्थिति सुधार्न मद्धत पुर्याउनुका साथै वित्तीय साक्षरता, सामाजिक जनचेतना आदिका बारेमा पुर्याएको योगदानको बारेमा समेत चर्चा गर्नुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…