दशै नजिकिएसँगै भोजपुर बाणिज्य बैकमा एटिएम सेवा

भोजपुर, २९ भाद्र । दशैको आगमनसँगै राष्ट्रिय बाणिज्य बैक भोजपुरले बिहिवारबाट एटिएम सेवा संचालनमा ल्याएको छ ।  ग्राहकको सेवालाई मध्यनजर गर्दे बैकले एटिएम सेवा सुचारु गरेको राष्ट्रिय बाणिज्य बैक भोजपुर शाखाका प्रवन्धक उमेश नेपालले बताए ।

एटिएम सेवा सुचारु भए पछि सेवाग्राहीले एक पटकमा २० हजारसम्म रकम निकाल्न सक्ने प्रवन्धक नेपालको भनाई रहेको छ ।  प्रवन्धक नेपालले भने– एटिएम सेवा सुचारु भए पछि समस्या भएको अवस्थामा ५ पटक गरेर दिनमा एक लाख सम्म रकम निकाल्ने सकिन्छ, बाणिज्य बैकको नै एटिएम कार्ड भएमा कुनै शुल्क समेत लाग्दैन । जसका कारण सेवाग्राहीलाई समेत फाइदा पुग्छ ।  जिल्ला रहेका निजी बैकहरुमा पनि सवैमा एटिएम सेवा नभएको अवस्थामा बाणिज्य बैकले संचालनमा ल्याएको एटिएम सेवाबाट ती बैकका एटिएमकर्ता ग्राहकहरुलाई समेत रकम निकाल्न सहज हुने प्रवन्धक नेपालको भनाई रहेको छ ।

राष्ट्रिय बाणिज्य बैक भोजपुर शाखाबाट मात्र २ हजार ३ सय ग्राहकले एटिएम कार्ड बनाइ सकेका छन । बाणिज्य बैकका अनुसार बाणिज्य बैकको एटिएम भएका ग्राहकहरुका रकम निकाल्न कुनै पनि शुल्क लाग्दैन भने सदस्य बैकहरुका एटिएम प्रयोगकर्तालाई प्रति पटक २० र अन्य बाहिरी एटिएम प्रयोगकर्ताका लागि ५० रुपैया शुल्क लाग्ने छ ।  बाणिज्य बैकले संचालनमा ल्याएको एटिएम सेवा बिहानबाट राती ८ बजेसम्म खुल्ला रहने छ भने सो समय भन्दा पछाडी पनि समस्यामा परेका अवस्थामा एटिएम प्रयोगकर्ताले रकम निकाल्न सक्ने प्रवन्धक उमेश नेपालले बताए ।

तपाईको प्रतिक्रिया

Loading...