दशैँको मुखमा सुनको मूल्य पछिल्लो समयकै सबैभन्दा उच्च

दसैँ नजिकिँदै गर्दा सुनको मूल्य बढेर प्रतितोला ६० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको हो । असोज १२ गते प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो मूल्य पछिल्लो समयको सबैभन्दा उच्च हो ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो बिहीबार तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी ७४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया