थकाली खानाका लागि आकर्षणको केन्द्र बन्दै इटहरी स्थित मुस्ताङ हाउस

इटहरी । थकाली खानाबारे थाहा नहुने कमै होलान् । स-साना हाेटलदेखि पाँचतारे होटलको मेनुमा समेत थकाली खानाको परिकार समाबेस गरिएको हुन्छ। नेपालको मध्य उत्तरी भाग हिमालपारिको मुस्ताङ जिल्लालाई आफ्नो उद्गमस्थलको रूपमा मान्यता दिने थकाली जातिले नै थकाली खानाले धेरैलाई फरक स्वाद दिइरहेका छन्। यसै क्रममा इटहरीमा मुस्ताङ हाउस सञ्चालनमा आए सँगै थकाली खानाका लागि लागि आकर्षणको केन्द्र  बन्दै  गएकाे छ ।

विशेष गरी हिमाली क्षेत्रका अर्गयानिक स्थानीय लोकप्रिय खानेकुरा पाइने उक्त रेस्टुरेन्टमा स्वादिष्ट नरम ढिकीमा कुटेको चामलकाे भात, जाँतोमा दलेको मुस्ताङ्गी दाल, मुस्ताङे बोडी,  मुला, गोलभेँडा, लसुनको अचारका परिकार, जिम्बु, टिमुरको पिरो (छोप),  मुस्ताङकै फापरको पीठो, कोदोको पीठो आदि प्रयोग गरेर तयार गरिएकाे थकाली खानाप्रति खाना आकर्षण बन्दै गएकाे हाे ।

खानामा चार पाँच प्रकारका अचार चटनी, अकबरे खोर्सार्नी, गुन्द्रुक भटमासको झोल, घ्यू , तीन चार थरीको तरकारी, दही तथा मही, च्याड्ग्राको सुकुटी समेत आकर्षक रहेका छन् । करिब १ करोडको लगानीमा निर्माण भएको उक्त होटेलमा ओरिजिनल थकाली खाना पाउने सञ्चालक अर्जुन कार्की बताउँछन् ।

याे पनि पढ्नुहाेस्

मुस्ताङकाे स्वाद अब इटहरीमा, एक कराेडकाे लगानी खुल्याे मुस्ताङ हाउस (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…