तेह्रथुमका उत्कृष्ट २८ जना कृषकहरुलाई पुरस्कृत

तेह्रथुम २४ पुस । जिल्ला भरका उत्कृष्ट २८ जना कृषकहरुलाई पुरस्कृत गर्दै सदरमुकाम म्याङलुङमा सञ्चालित जिल्ला स्तरिय कृषि मेला प्रदर्शनी सनिबार सम्पन्न भएको छ । कृषि कार्यालयको परिषरमा भएको प्रदर्शनमा जिल्लाका बिभिन्न किसानहरुले आफुले उत्पादन गरेका बालीहरु प्रर्दशनीमा ल्याए मध्ये बाट २८ जना पुरस्कृत भएको जिल्ला कृषि बिकास कार्यलय तेह्रथुमका बरिष्ठ कृषि बिकास अधिकृत रोहिणीराज घिमिरे बताउनुभयो ।

पुरस्कृत हुने कृषकहरुमा खाद्यन्नबाली,फलफुल बाली , तरकारी बाली , नगले तथा मसलावाली ,आलुवाली , माछा समुह र बिभिन्न समुहका रहेका छन् । जस्मध्ये प्रथम ७ जनालाई नगद एक हजार , दोस्रो ७ जनालाई ७ सय , तेस्रो ७ जना लाई ५ सय र सान्त्वना ७ जनालाई नगद ३ सयका दरले पुरस्कृत गरिएको छ । त्यस्तै प्रदर्शनीमा बिभिन्न वाली ल्याउने १८ जना कृषकहरुलाई ३र३ सयका दरले बिषेश पुरस्कृत गरिएको जिल्ला कृषि बिकास कार्यालयका प्राबिधीक सहायक भुवनसिं बुढाथोकीले जानकारी दिनु भयो ।

कृषि प्रर्दशनी जिल्ला कृषि बिकास कार्यालयको आयोजना तथा देउराली सोसाईटी र दलित सचेतना समाज (ड्यास) नेपालको ब्याबस्थापनमा सुरु भएको सम्पन्न भएको हो । कृषि प्रदर्शनीको समापन कार्यक्रम प्रमुख अतिथी प्रमुख जिलला अधिकारी मुनका न्योपानेको आथित्यमा भएको हो ।

तपाईको प्रतिक्रिया

Loading...