तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव हुने

उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटस्थित तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव–२०७३ हुने भएको छ । महोत्सव आगामी बैशाख २४ गतेदेखि ३१ गतेसम्म गाईघाटको त्रियुगा बसपार्क नजिकै हुने भएको बुधवार होटल सन प्रा.लि. मा भएको पत्रकार सम्मेलनमा जनाए । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमको सार्वजनिक गरिएको हो । एक महिना अघिबाट त्रियुगा महोत्सवको प्रचार प्रसार अभियानमा मूल आयोजक समिति लागि परेको छ ।

उदयपुरको चिनारीको लागि आयोजना गर्न लागिएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्ष गजेन्द«कुमार भगतले प्रेस विज्ञप्ती मार्फत जारी गराएको छ । महोत्सवको आकर्षण आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गराउने उद्देश्यले हेली यात्रा गाईघाट हुँदै चौदण्डीगढी, रौता पोखरी, उदयपुरगढी र पुनः गाईघाटसम्मको यात्रा रहने विज्ञप्तीमा उल्लेख छ ।

Triyuga Banijaya
यस्तै पर्यटकलाई लोभ्याउने हात्तीसवार यात्रा पनि गराईने छ, भने उदयपुर सांगितिक आईडल (गायन र नृत्य) प्रतियोगिता समेत हुने पत्रकार सम्मेलनमा जानकारी गराए । यस्तै रमाइलो मेला, शैक्षिक सामग्री प्रदर्शन, कृषि औजारहरुको प्रदर्शन, साना लघु तथा घरेलु सामग्री प्रदर्शनी, स्थानीय उत्पादनहरुको प्रवद्र्धन गराउने लगायतको कार्य हुने पत्रकार सम्मेलनमा जनाएको छ ।

स्थानीय सेवाप्रदायक स्वास्थ्य सेवा तथा ख्याती प्राप्त स्वास्थ्य सेवा संस्थाबाट निःशुल्क वा सःशुल्क चेक जाँच तथा औषधि वितरण कार्यक्रमको समेत आयोजना गरिने जनाएको छ । यस्तै स्थानीय थारु, दनुवार, नेवारी लगायतको जातजातिहरुको खाना नास्ताको स्वादिष्ट परिकारहरुको सेवा समेत उपलब्ध हुनुको साथै भारी छुटका साथ इलेक्ट्रोनिक्स, फेसेनेवल लताकपडा, खाद्यन्न तथा पेय पदार्थका सामग्रीहरु, कृषि तथा हाते औजारहरुको विक्रि वितरण गरिने जानकारी गराए ।

यस्तै महोत्सवको समापनसँगै त्रियुगा उद्योग वाणिज्य संघको पाँचौ साधारण सभाको उद्घाटन कार्यक्रम हुने संघका महासचिव चुडामणि कार्कीले जानकारी गराए । कार्यक्रमको बन्द सत्र जेष्ठ २ गते दिनको १० बजेबाट हुने पत्रकार सम्मेलनमा महासचिव कार्कीले बताए । यस्तै पाँचौ वार्षिक साधारणसभाको बन्द सत्रबाट औपाचारिक रुपमा नयाँ नेतृत्वको चयनको प्रक्रिया अगाडी बढ्ने छ ।

कार्यक्रममा वाणिज्य संघले भवनलाई ब्यवस्थित बनाएको तला थप्नेका काम गरेको फर्निचर, इलेक्टोनिकन सामान खरिद, दोश्रो पूर्वाञ्चल महोन्सब, मिनि कृषि तथा लद्यु उद्यम मेला, कृषि बजार निर्माण, त्रियुगा बसपार्क निर्माण, सरसफाईमा प्लाष्टिक झोला लगायतका काम गरेको उल्लेख गरेको अध्यक्ष भगलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…