ताप्लेजुङमा पनि केटिमएम सिटिको शाखा सञ्चालन

ताप्लेजुङ, २३ साउन । केटिएम सिटिको शाखा तथा सोरुम ताप्लेजुङमा पनि विस्तार भएरको छ । जेन्स तथा लेडिज कपडा विक्रि वितरण गर्दै आएको केटिम सिटिले सर्वसाधरणलाई सहुलियत प्रदान गर्ने उद्धेश्यले ताप्लेजुङमा पनि शाखा सञ्चालनमा ल्याएको हो ।  ताप्लेजुङ सदरमुकाम स्थित विरेन्द्रचौकमा सञ्चालित शाखा तथा सोरुमको सोमबार विशेष कार्यक्रमका विच उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले शाखाको उद्घाटन गर्नुभयो । छिमेकी मुलुक चीनबाट आवश्यक सामग्री खरिद गरि राजधानीमा नै कपडा तयार गरेर विक्रिवितरण गरिदै आएको पुर्वाञ्चल क्षेत्रिय निर्देशक बरुण राईले जानकारी दिनुभयो ।

लेडिज तथा जेन्स साथै बालबच्चका लागि सवै प्रकारका कपडा आफै तयार गरि सर्वसाधरणलाई सहुलियत दरमा विक्रिवितरण गर्ने केटिएम सिटिको योजना अनुसार दशैँ अघि मुलुकका सवै जिल्लामा शाखा खोल्ने तयारी भएको उहाँले बताउनुभयो । हाल राजधानीमा दुई दर्जन वढि शाखाहरु सञ्चालनमा रहेको जनाईएको छ । मुलुकका कुनै पनि शाखाबाट राजधानीकै मुल्यमा कपडा विक्रि वितरण गरिने शाखाले जनाएको छ । यहाँ सञ्चालित शाखामा ४ जना महिलाले रोजगारी समेत पाएका छन् भने सर्वसाधरणलाई पनि सहुलियत हुने दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...