तलबको पैसा बाट विद्यार्थी र एकल महिला लाई न्यानो कपडा

इनरुवा । वैवाहिक वार्षिकोत्सबको अवसरमा बैंकमा कार्यरत कर्मचारीले न्यानो कपडा वितरण गरेका छन् । विवाह गरेको १३ वर्ष पुगेको अवसरमा शनिबार मुक्तिनाथ विकास बैंक इनरुवामा कार्यरत सुरेन्द्र प्रसाद चौधरीले आफ्नो तलबको पैसा बाट जाडोको लागि न्यानो कपडा वितरण गरेका हुन । सुनसरीको गढी गाउँपालीका २ छपकी घर भएका सुरेन्द्र चौधरीले वैवाहिक वार्षिकोत्सबको अवसरमा ३० जना विद्यार्थी लाई स्विटर,एकल महिला,जेष्ठ नागरिक तथा अपाङ्गता भएका १० जना व्यक्ति लाई ब्लानकेट वितरण गरेको जनाएको छ ।

गढी गाउँपालीका २ छपकी स्थित रहेको श्री गोरखनाथ आधारभूत बिद्यालयका ३० जना विद्यार्थी र सोही क्षेत्रका १० जना एकल महिला,जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति लाई बैंक कर्मचारी चौधरीले वैवाहिक वार्षिकोत्सबमा न्यानो कपडा वितरण गरेको प्रधानाध्यापक रत्नलाल सरदारले जानकारी दिए ।

विवाह गरेको १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा व्यक्तिगत हिसाबले विद्यार्थी र जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति लाई केहि सहयोग गर्न पाउदा खुशी लागेको सुरेन्द्र चौधरीले बताए । आगामी दिनमा समेत आफ्नो हैसियतले भ्याएसम्मको सहयोग कार्यलाई निरन्तरता दिने चौधरीको भनाइ छ । जाडोको समयमा विद्यार्थी र जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले न्यानो कपडा पाउदा निकै खुशी देखिएका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

अपराध रोक्न नेपाल–भारत संयुक्त गस्ती गर्ने सहमती, लोकसभा चुनाव सम्पन्न गराउन भारतीय पक्षद्वारा सहयोग माग

सुनसरीमा ट्याक्टर र कार ठोकिँदा एकै परिवारका ६ जना घाइते, खतिवडा दम्पतीको अवस्था गम्भीर

इनरुवा लाई ९६ रनले हराउँदै भाण्टावारी क्रिकेट प्रतियोगिताको फाइनलमा

बिहेको प्रलोभनमा झण्डै बेचिइन् विराटनगरकी स्वास्तिका, सशस्त्र प्रहरीले भाण्टावारी नाकाबाट गर्याे उद्दार

अहिलेकै रवैया कायम रहे सरकारलाई सडकबाटै ढाल्नेछौं : विजय गच्छदार

विश्व सिमसार दिवस : सिमसार क्षेत्रमै पानी अभाव

सुनसरीमा ७ महिनामा १ सय २१ वटा आगलागी , २३ करोड बढीको क्षति

भैंसी सुन्दरीलाई इनरुवा नगरपालिकाका मेयरद्वारा “लैनो भैंसी” प्रदान

कोशीमा बीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 

काेशीमा भैंसी सुन्दरी प्रतियोगिता (१० तस्विरहरू)

तपाईको प्रतिक्रिया