तमोर कोरीडोर अन्र्तगत कोशी गढतीर मोटरबाटोकालागि ६ अर्व रकम विनियोजन

पाँचथर,साउन २१ / तमोर कोरीडोर अन्र्तगत कोशी गढतीर मोटरबाटो निर्माणका लागि ६ अर्व रुपैया रकम विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ६ अर्व रुपैयाको लागतमा मोटरबाटो निर्माण हुने भएको हो । सुनसरीको चतरादेखि धरानको मूलघाँट सम्म २ अर्ब रुपैया,मूलघाँट देखि माझीटार सम्म ३ अर्ब रुपैया,यस्तै माझीटार देखि गणेश चोक सम्म १ अर्ब रुपैया रकम विनियोजन भएको हो ।

चतरा देखि मूलघाँट सम्म नयाँ ट्रयाक ओपन,मूलघाँट देखि माझीटार सम्म र माझीटारदेखि गणेश चोक सम्म सडकको चौडा बनाइने,नाली कटिङ,ड्रेन,वालको काम गरिने पूर्व स्थानिय विकाशमन्त्री पूर्ण कुमार शेर्माले वताउनुभयो । उहाँले भन्नुभयो,“अव एक हप्ता भित्रमा टेन्डर आह्वान गरिने र यस आर्थिक वर्ष ०७४÷०७५ भित्र आयोजनाको काम सकिने छ ।” यो मोटरबाटो निर्माण भए छिटो र सहज ढंगबाट तराई पुग्न सकिनेछ ।

तपाईको प्रतिक्रिया