ठमेलमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम

काठमाडौं–ग्लोबल आइएमई बैंकले काठमाडौंको पर्यटकीय नगरी ठमेलमा नयाँ एटीएमसेवा थप गरेको छ । ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्तीमा एटीएम सुरु गरेको हो । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ११६ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दाबढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...