टीसीएलको नयाँ टिभी विराटनगरमा लन्च

विराटनगर / अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै चर्चित टिभी ब्राण्ड टीसीएलले विराटनगरमा दुई वटा आधुनिक टिभी लन्च गरेको छ । नेपालमा आफ्नो प्रभुत्व जमाउन सफल भएको टीसीएलले गुगल एन्ड्रोड ५५ इन्च र ६५ इञ्चको दुईवटा टिभी लन्च गरेको हो । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालीले विराटनगरमा टीसीएलको क्षेत्रीय डिलर्स मिट २०१९ को आयोजना भएको अवसरमा सो टिभी लन्च गरेको गरेको हो । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्राली अधिकारीक बिक्रेता हो ।

टीसीएल ब्राण्डका नेशनल सेल्स हेड शैलेन्द्र झा, प्रोडक्ट प्लानिङ एण्ड म्यानेजमेन्टका सिनियर म्यानेजर अमित मानन्धर र विजनेश युनिटका प्रमुख धर्मेन्द्र जोशीले संयुक्त रुपमा टिभीको लन्च गरेका हुन् । हार्मोन कारडोन सो सिस्टम युक्त टिभीमा युटुव, एनरोइड युएसवी पोर्ट, एचडिएमआई र एचडिएमआई एमएचएल, गुगल असिसटेन्ट जस्ता विशेषता रहेको छ ।

टीसीएल ब्राण्डका नेशनल सेल्स हेड शैलेन्द्र झाले युवा पुस्तालाई लक्षित गरेर सो टिभी नेपालमा पहिलो पटक लन्च गरिएको जानकारी दिए । उनले दिनानुदिन हुँदै गएको प्रविधि र अविष्कारसँग युवा पुस्तालाई जोड्न सो टिभीले महत्वपूर्ण सहयोग गर्ने बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…