जोगबनिको सट्टा भण्टावारी हुँदै सामान आउने

भाण्टावारी । जोगवनीबाट आउने ठुलो परिमाणमा आउने सामान अब सुनसरीको भण्टावारी नाकाबाट आउने भएको छ । मिरगञ्ज पुल जीर्ण भएपछि ४० टन भन्दा माथिका सवारीसाधन जोगबनी नाकाबाट आउजाउ गर्न बन्देज गरेपछि सुनसरीको भाण्टावारी छोटी भन्सार हुँदै भारतीय समान आयात निर्यात हुने भएको हो । विराटनगर देखि ८ किलोमिटर दक्षिणतर्फको मिरगञ्ज पुल जीर्ण छ । जोगवनी विराटनगर नाकाको विकल्पका रूपमा भारतको वीरपुर हुँदै सुनसरीको भाण्टावारी नाका प्रयोग गर्न आग्रह गरेको हो । ०७४ सालको बाढीबाट क्षति पुगेको मिरगञ्ज पुलमा भारतले ४० टनभन्दा बढी सामाग्री बोक्न प्रतिबन्ध लगाएको हो ।

भारतले आफ्ना मातहतका निकायहरूलाई पुलमा ४० टन भन्दा बढी भार भएका सवारी साधनहरूको प्रवेशमा रोक गर्न सर्कुलेसन गरेको छ । ठुलो परिणाममा आयात निर्यात नहुने भएपछि नेपाल–भारतका ठुला मालवाहक सवारी साधनको आवागमनमा कठिनाइ उत्पन्न हुन् नदिन विकल्पको रूपमा भाण्टावारी नाका भारतले देखाएको हो । जीर्ण पुलका कारण जोगबनी बाट ठुला मालवाहक गाडी आउन सक्दैनन् । त्यसिअले ६० किलोमिटर पश्चिम तर्फ वीरपुर हुँदै भण्टावारी भएर ठुला मालवाहक सवारी साधनहरू नेपाल–भारत आवतजावत गर्नुपर्ने हुन्छ ।

पुलमा क्षति पुगे लगत्तै भारतीय पक्षले ठुला मालवाहक सवारी साधन प्रवेशमा रोक लगाएपछि नेपाली पक्ष छलफलका लागि पुगेको थियो । नेपाल र भारतको स्थानीय प्रशासनबिच भएको छलफलमा नेपाली पक्षले बेलीब्रिज मर्मत निर्माणको प्रस्ताव गरे पनि भारतले भने स्विकारेन । भारतीय पक्षले बेलीब्रिज दीर्घकालीन नहुने बताउँदै पुनर्निर्माण गर्न नसकिने जनाएको हो । त्यहाँ बेलीब्रिज राख्न नमिल्ने उल्लेख गर्दै भारतीय प्रशासनले गरेको सर्कुलेशनमा ४० टन भन्दामाथिका मालवाहक सवारी साधनलाई वीरपुर हुँदै नेपाल पठाउन विकल्प दिएको हो ।

तपाईको प्रतिक्रिया

Loading…