जोखिम मोल्दै अलैची किसान

तेह्रथुम / बिहानीको मिरमिरे सँगै अलैची बगानमा पुग्छन् तेह्रथुम फेदाप ओयाक्जुङका चन्द्र जोगी । हातमा कोदली खुट्टामा चप्पल र खाली लिएर अलैचीमा बिहानै भेटीन्छन् उनी । बगान रहेको झोड जंगालका र झाडीमा बगान सफाई गर्नु उनको दैनिकी जस्तै बनी सकेको छ । झाडीमा बिषालु सर्पहरुको बास नहोला भन्न सकिन्न । उनलाई शुरक्षाको बारे खासै ख्याल गरेको पाईन्न ।

अन्नबाली मासेर नगदेबालीको रुपमा अलैची खेती रोज्दै आएका उनी जस्तै कयौ किसानहरुलार्ई आफ्नो शुरक्षाको बारे ज्ञान नहुँदा जोखिम मोलेरै काम गर्दै आएका छन । उनी भन्छन् बगानमा सधै यसरी नै काम गर्दै आएको छु । अहिले सम्म कुुनै समस्या भएको छैन । कहिलेकाही सर्पको डर हुन्छ भएपनी अहिले सम्म केही समस्या नआएको उनको भनाई छ ।

जिल्लाको छथर १ का शोबितमान श्रेष्ठ बिहानी घरको थन्कोमन्को सकेर खाना खाए सँगै अलैची बगानमा पुग्नू उनको दैनिकी हो । हातमा हाँसिया खुट्टामा चप्पल सँगै उनलाई प्रायजसो अलैची बगानमै भेटीने गरेका छन । अलैची खेतीबाटै जिवन गुजारा गर्दै आएका श्रेष्ठ उनले लगाएको बगानमै रमाउँने गरेका छन । आफ्नो सुरक्षाको लागी चाहिने बुट,पञ्जाका साथै सुरक्षाको बारे ज्ञान नहुँदा जोखिमै बगानमा काम गर्दै आएका छन ।

किसानहरुलाई सुरक्षाको बारे प्रयाप्त ज्ञानको अभाब रहेकोले कृषी बिकास कार्यालयले किसानहरुको समस्याहरुलाई केलाएर बिभीन्न चेतना बिकासका साथै सुरक्षाको बारे जनचेतना अबिबृद्धीको आबश्यकता रहेको अलैची कृषकहरुले बताउने गरेका छन । जिल्लाको ग्रामिण क्षेत्रका किसानहरुले परम्परागत खेतीलाई मास्दै अलैची खेतीलाई बिस्तार गर्दै आएका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

लगानी गुमाउँदै चिया किसान

क्यान्सर पीडित सुरजलाई ईजराईलबाट बास्कोटाकाे सहयोग

खजुम लिम्बुहरुको माङगेना योमुई चाम्खासिङ यक संरक्षणमा चासो

बिदेशबाट फर्किएका, युवाहरु अलैची खेतीमा

छथर गाउँपालिका हमरजुङमा जोरधारा वाबुन टोल बिकास समिती गठन

चाडपर्बमा हुने अपाराधिक घटना न्युनिकरणका लागी छथरमा प्रहरी सुरक्षा सतर्कता

१० रुपैयाँ बाट सुरू भएकोे समुह, करोडाै कारोबार गर्दै

तेह्रथुमकाे छथरमा १३७ घरमा जाेडियाे खानेपानी मिटर

सिँचाई गर्न पानी जोहो गर्दै किसान

बर्षाका कारण तेह्रथुम सुक्रबारे बजारमा १ घर भत्कियो

तपाईको प्रतिक्रिया