जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले छोड्दैन गभर्नर नेपाल

धनकुटा, २२ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले कुनैपनि हालतमा नछोड्ने बताए । धनकुटामा रहेको गुराँश लघुवित्त संस्था लिमिटेडको केन्द्रिय कार्यालय शुक्रबार उद्घाटन गर्दै गभर्नर नेपालले लघुवित्त संस्थाले पुजीँ बढाए जनताको निक्षेप जोगिने भन्दै अरुले दिएन भन्नु भन्दा यसका लागि लघुवित्त संस्था आफैँ लाग्नुपर्ने बताउनु भयो ।

कृषिमा परनिर्भरता बढेको र युवा जनशक्ति विदेश पलायन भएकाले नेपाल जस्तो उर्वराभूमि भएको देश मरुभूमि हुने खतरा बढेर गएका भन्दै गभर्नर डा नेपालले लघुवित्त संस्थाले कृषिमा र युवा स्वरोजगार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकले एक प्रतिशत व्याजदरमा तराईका र पहाडका १०÷१० जिल्लामा पुर्नकर्जा सञ्चालन गरेपनि हालसम्म कसैले पनि आवेदन नदिएको जानकारी दिनुभयो ।

गुराँश लघुवित्त संस्था लिमिटेडले धनकुटा सहित पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, तेह्रथुम, सुनसरी, मोरङ र ओखलढुङ्गा जिल्लामा विपन्न वर्गका कृषकका लागि कृषि तथा पशु सेवामा कर्जा लगानी गर्ने गुराँश लघुवित्त संस्था लिमिटेडका अध्यक्ष उदय नारायण बरालले बताए ।

तपाईको प्रतिक्रिया

Loading...