जगदम्बा सिमेन्टलाई लगातार दोस्रोपटक नेपाल गुणस्तर अवार्ड

काठमाडौं । जगदम्बा सिमेन्टले लगातार दोस्रोपटक नेपाल गुणस्तर (एनएस क्वालिटी) अवार्ड जितेको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा हालसम्म नेपाल गुणस्तरका चिन्हहरु- ओपीसीमा नेपाल गुणस्तर-४९, पिपिसीमा नेपाल गुणस्तर-३८५ र पि एस सी मा नेपाल गुणस्तर-३८४ सम्मान प्राप्त गरिसकेको छ । कम्पनी आइएसओ कम्पनी व्यवस्थापन तथा वातावरणीय व्यवस्थापनसाग सम्बन्धित ९००१ः२०००८ र आइएसओ १४००१ः२०००४ लगायतबाट पनि सम्मानित भइसकेको छ ।

त्यसैगरी कम्पनीले ब्युरो अफ इन्डियन स्टान्डर्डबाट ओपिसीमा आएएस-८११२ र पिपिसीमा आएइस ४५५ समेत प्रात् गरिसकेको छ । एसएस क्वालिटी अवार्ड पनि कम्पनीले २०१४ र १५मा लगातार जितेको छ ।

जगदम्बा सिमेन्टमा विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातीत क्लिङकर प्रयोग हुँदै आएको छ । यसका उत्पादनहरु दक्ष प्राविधिकहरुबाट निरीक्षण र प्रमाणित गरे पश्चात मात्र बजारमा लगिने हुँदा गुणस्तरमा एकरुपता भएको र उपभोक्ताहरुले धेरै रुचाएको कम्पनीले जानकारी दिएको छ ।

जगदम्बा सिमेन्टले उत्पादन गरेका अन्य सिमेन्टहरुमा शुभ श्री जगदम्बा सिमेन्ट पि. एस. सि., जगदम्बा सिमेन्ट पि. पि. सि., अल्ट्रा प्रिमियम ओ. पि. सि., जगदम्बा अल्ट्रा एक्टिभ पि. पि. सि., जगदम्बा अल्ट्रा अल्टिमो पि. एस. सि., फोर्स पि. एस. सि., जगदम्बा एभरलास्ट पि. पि. सि., आदि रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…