चिलिङ केन्द्र स्थापना सँगै दुध उत्पादक कृषकलाई राहात

तेह्रथुम, २४ साउन / तेह्रथुम छथर गाँउपालिका ४ फाक्चामारामा २१ लाख बराबरको लगानीमा चिलिङ केन्द्र स्थापना भए सँगै दुध उत्पादन गर्दै आएका कृषकलाई राहत बनेको छ ।  ग्रामिण क्षेत्रमा रहेर दुध उत्पादन गरी बिक्रीमा समस्या झेल्दै आएका कृषकहरुलाई राहात प्रदान गर्ने उदेश्यका साथ उन्नती नेपालले १० लाख ५२ हजार र स्थानीय सिंहदेबी पशुपालन कृषक सहकारी संस्थाको १० लाख ४८ हजार गरी कुल २१ लाख बराबरको लगानीमा केन्द्रको स्थापना गरीएको सहकारी संस्थाका अध्यक्ष सुर्य बहादुर कार्कीले बताए । ५ बर्ष पहिले स्थापना भएको सहकारी संस्थाको सकृयतामा गाँउमा नै केन्द्रको स्थापना गरीएको अध्यक्ष कार्कीले जानकारी दिए । गाँउमा नै केन्द्रको स्थापना भए सँगै यस क्षेत्रका दुध उत्पादक कृषकहरुले दुध बिक्री गर्न समेत सहजता बनेको छ ।

दुध उत्पादनका लागी कृषकहरुले जिल्ला बाहिरबाट उन्नत जातका गाइ खरिद गरी दुध उत्पादनमा थप गर्दै आएको सहकारी संस्थाका ब्याबश्थापक मन बहादुर कार्कीले बताए ।केन्द्रको अभाबमा यहाँका कृषकहरुले उत्पादन गरेको दुध छथर सुक्रबारेमा रहेको छथर दुग्ध चिस्यान केन्द्रमा पुर्याउनु पर्ने बाध्यता रहँदै आएको थियो । छथर गाँउपालिका वडा नम्बर ४ का करिब ८० घर दुग्ध कृषकहरुले उत्पादन गरेको दुधलाई बिक्रीका लागी केन्द्रमा नै संकलन गरीने भएकोले कृषकहरुलाई थप राहात बन्दै गएको स्थानीयहरुले बताएका छन । यहाँका कृषकहरुले दैनिक २ लिटर देखी २० लिटर दुध उत्पादन गर्दै आएका छन ।


कृषकहरुले उत्पादन गर्दै आएको यहाँका कृषकहरुले संकलन गरेको दुध छथर दुग्ध चिस्यान केन्द्रमा संकलन गरी बिक्री गर्दै आएको सहकारी संस्थाका ब्याबश्थापक कार्कीले बताए । केन्द्रमा यहाँका कृषकहरुले उत्पादन गरेको दुधलाई संकलनका साथै चिस्याउन सकिने भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...