चिकन पारखी हरूकालागि खुशीकाे खबर: करीब २ कराेडकाे लगानीमा इटहरीमा एचएफसी सञ्चालन हुँदै

इटहरी । पूर्वकाे ब्यापारीक केन्द्र संगै प्रदेश नं १ काे सम्भावित राजधानी समेत रहेकाे इटहरीमा पछिल्लाे समय ठुला अालिसान ब्यापारीक केन्द्रहरू स्थापना हुने क्रम बढदै गएकाे छ । पछिल्लाे समय इटहरीमा बैकिङ, सुचना प्रविधी, शैक्षिक संस्था देखी हाेटल स्थापनाकाे हाडबाजी नै चलीरहेकाे बेला झन्डै २ कराेडकाे लागतमा रेस्टुरेन्ट सञ्चालनकाे तयारीमा रहेकाे छ ।

काठमाण्डाैं उपत्यकामा मात्र सिमित रहेका  रेस्टुरेन्टहरूले पछिल्लाे समय पूर्वलार्इ अाफ्नाे ब्यापारीक गन्तब्य बनाउन थालेका छन । काठमाण्डाैमा सञ्चालन हुदै अाएकाे थ्रीसी हस्पिटालीटीले संचालन गर्दै अाएकाे एचएफसी रेस्टुरेन्टलेपनि पूर्वकाे इटहरीमा पहिलाे शाखा बिस्तार गर्नेभएकाे छ ।

इटहरीकाे मुटु पश्चिम राेड स्थित सुर्य कम्प्लेक्सकाे तललाे तलामा करिब २ कराेडकाे लागतमा थ्रीसी हस्पिटालीटीले एचएफसी रेष्टुरेन्टकाे पहिलाे शाखा सञ्चालन गर्ने भएकाे छ । स्थापनाकाे अन्तिम तयारीमा पुगेकाे उक्त रेस्टुरेण्ट चाडै सञ्चालनमा ल्याइने एचएफसीका हेड अफ अपरेसन अरूण चाैधरीले बताए ।

पूर्वकाे ब्यापारीक केन्द्रसंगै संगम स्थल बनेकाे कारण पूृवाञ्चलकाे अन्य सहरहरू भन्दा इटहरी राेज्नुपरेकाे चाैधरीले बताए । अान्तरिक तथा बाहिय पर्यटकहरू तथा इटहरीवासीहरूलार्इ चिकनकाे स्वाद चखाउन पनि याे रेस्टुरेन्टले महत्वपूृण भुमिका निर्वाह गर्ने सञ्चालक चाैधरी बताउछन् । चिकन पारखी हरूकालागि एचएफसी प्रमुख अार्कषक बन्ने भन्दा दुर्इमत नहाेला ।

तपाईको प्रतिक्रिया

Loading...