चावहिलस्थित केएल टावरमा खुल्यो भव्य इम्पेरियल ब्यांक्वेट (तस्विरहरू सहित)

काठमाडौँ । काठमाडौँ, चाबहिलस्थित केएल टावरको छतमा इम्पेरियल ब्यांक्वेट सञ्चालनमा आएको छ । काठमाडौँमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी दिने ब्यांक्वेट खुल्ने क्रम जारी रहेकै बेला फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर सहित सो ब्यांक्वेटले खुलेको हो ।

टावरको नवौँ तलमा रहेको इम्पेरियलबाट काठमाडौँ उपत्यकालाई ३ सय ६० डिग्रीको भ्यूमा नियाल्न सकिन्छ । अग्लो स्थानमा रहेको ब्यांक्वेटमा कार्यक्रम र पार्टी आयोजना गर्दा स्तरीय सेवाका साथ काठमाडौँको विशाल भ्यू पनि हेर्न सकिने इम्पेरियलका प्रमुख कार्यकारी अधिकृत सिईओ अनुप शर्माले जानकारी दिएका छन । तस्विरहरू : अनलाइनखबर

तपाईको प्रतिक्रिया

Loading…