चरन अभाबले भेडापालन संटकमा

तेह्रथुम / चरन क्षेत्रको अभावमा तेह्रथुमको ग्रामीण भेगका किसानले भेडा पाल्न छाडेका छन् । यो सँगै राडीपाखी व्यवसायसमेत संकटमा परेको छ । छथर गाउँपालिका–५ ओख्रेका भेडापालक कृषक रोमा ठकुरीले चरन अभावका कारण व्यवसाय छाड्ने सोचमा रहेको बताउँछीन् । एक दशक अघी जिल्लाको ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा भेडापालन गर्दै आएका किसानले पछिल्लो समय चरन अभावका कारण व्यवसाय छाड्दै गएका छन् । केही वर्ष अघिसम्म जिल्लाको लेकाली भेगमा ठूलो संख्यामा भेडा पाल्ने गरिन्थ्यो । भेडाको मासु, ऊन, दूध र घ्यूबाट किसानले राम्रो आम्दानी गर्दै आएका थिए। भेडाको दूध गाईभैंसीको भन्दा पोसिलो मानिन्छ । त्यसैगरी भेडाको घ्यू औषधिको रूपमा पनि प्रयोग गरिन्छ । आगोले पोलेको घाउमा र चोट लागेको खत मेटाउन भेडाको घ्यू प्रयोग गरिने भएकाले ग्रामीण क्षेत्रमा यसको महत्व धेरै छ ।

भेडाको उनबाट गुणस्तरीय राडीपाखी बनाउन सकिने भएकाले उच्च पहाडी क्षेत्रका मानिसको प्रतिष्ठासँग भेडापालन व्यवसाय जोडिएको छ । तर चरन क्षेत्रको अभावमा भेडापालक किसान भेडीगोठ रित्याउन बाध्य छन् । “भेडाका लागि फराकिलो चरन क्षेत्रचाहिन्छ,” ठकुरीले भनिन्, “चरन क्षेत्रको अभावले भेडा गोठ मासिएका छन् ।” एउटै गोठमा धेरै संख्यामा भेडा पाल्ने गरिन्छ । बाँधेर घाँस दिँदा भेडा नफस्टाउने र असम्भव हुने भएकाले भेडाका लागि चरन क्षेत्र अनिवार्य हो । भेडाको मासु र त्यसको ऊनबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसानले दोहोरो फाइदा लिने गरेका थिए ।

धेरै संख्यामा दुहुना भेडा भएको अवस्थामा दूधबाट पनि राम्रो आम्दानी हुन्थ्यो । आयआर्जनको हिसाबले राम्रो मानिएको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावमा लोप हुँदै गएपछि किसान चिन्तित छन् । ऊन अभावले गर्दा राडीपाखी व्यवसाय पनि संकटमा परेको छथर गाउँपालिका–२ की छत्रमाया लिम्बुले बताइन । पाँच वर्षअघीसम्म राडीपाखी बुनेर राम्रो आम्दानी लिँदै आएकी लिम्बुले भेडाको उन नपाउँदा व्यवसाय नै छाडेकी छन् । हातैले बुनेको राडीपाखीको माग बजारमा अझै उच्च रहेको उनले बताइन् । गाउँघरका मात्र नभएर सहर बजारका मानिसको रोजाइमा पनि भेडाको ऊनबाट बनेको राडी पर्ने गरेको छ । हेर्दा राम्रो देखिने र टिकाउ हुने भएकाले राडीपाखी प्रति मानिसको मोह उत्तिकै रहँदै आएको छ ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

बसाईसरी आउने नागरिकले पाए इनाम

भुकम्प पिडीत अझै छाप्राकै बास

चरन अभाबले भेडापालन संटकमा

तेह्रथुम जिल्लामा नगरबस सञ्चालन

तपाईको प्रतिक्रिया

Loading…