घरेलु महासङ्घको ९ बुँदे घोषणा जारी

इटहरी । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा केन्द्रिय महिला उद्यमी समितिले साउन २१ र २२ गते धनकुटाको स्थित नाम्जेमा भएको दुई दिने विस्तारित बैठकले गरेका विभिन्न निर्णय सहितको अवधारणालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले राज्य पुनर्सरचना भई सकेको अवस्थामा अव सङ्घीय संरचना मुताविक ब्यपार ब्यवसाय प्रवर्धनमा पनि राज्यले विशेष नीति ल्याउन जरुरी रहेको बताए ।

महासङ्घले इटहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जारीे घोषणा पत्रमा उल्लेख ९ बुँदे घोषणा पत्रमा उल्लेख भए अनुसार नेपालको पछिल्लो राज्य पुनर्सरचनापछि स्थापित ७ सय ४४ स्थानीय तहमा घरेलु उद्यमको प्रवन्र्धनसँगै लगानीको उचित बातावरण तयार गर्न राज्यले विशेष ध्यान दिनु पर्ने बताएका थिए । बैठकले साना तथा घरेलु उद्यमबाट उत्पादन भएका बस्तुको स्तरीकरण र बजार प्रवर्धनका बातावरण सिर्जना गर्दै स्थानीय तहको हरेक निर्णायका तहरमा घरेलु महासङ्घको सम्मानजनक प्रतिनिधित्व हुनु पर्ने कुरालाई पनि विशेष निर्णयका रुपमा नाम्जे घोषणा पत्रमा उल्लेख गरेको छ ।

स्थानीय तहमा स्थापना भएका घरेलु तथा साना उद्योगहरुको अनिवार्य दर्ता गरिनु पर्ने र बर्षको २ पटकसम्म विद्युत महसुल बढाएर सानो लगानीका उद्यमी ब्यवसायीहरुको ढाड सेक्ने गरी विद्युत प्राधिकरणवाट गरिएको काम तत्काल बन्द गर्न पनि सरकार समक्ष माँग गरिएको छ । साथै बैठकले नाकाबन्दी र भुकम्प प्रभावित जिल्लामा थाङथिलो अवस्थामा पुगेका घरेलु तथा साना उद्योग प्रवर्धन गरी नोक्सानी र पीडामा परेका उद्यमी ब्यवसायीलाई त्यो पीडाबाट माथि उठ्न सक्ने बातावरण तयार गर्न पनि महासङ्घको घोषणा पत्रले समेटेको छ । त्यसैगरी साना उद्योग तथा घरेलु उत्पादनको बजारी करण र ब्यापार ब्यवसायमा देखिदै आएको चेक बाउन्स समस्यालाई राज्यले समाधानका उपाय अवलम्वन गरी ब्यवसायीले भोग्नु परेका समस्याबाट निकास पाउने ब्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

यस महासंघको २४औं बार्षिक साधारणसभा तथा केन्द्रीय महिला उद्यमी समितिको २१औं राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी २०७४ भाद्र १४ गते काठमाडौमा आयोजना गर्न लागेको जानकारी दिए ।  साथै बिस्तारित बैठकले महासङ्घलाई गति प्रदान गर्न कोशेढुङ्गा सावित हुने महासङ्घका सुनसरी अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

Loading...