घरबहाल तथा ब्याजदरमा सहुलियत दिन उवासंघ इटहरीको माग

इटहरी । नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण तथा जोखिम न्यूनीकरण र रोकथामका लागि एक जुट हुन आग्रह गरेको छ । लकडाउन १ महिना व्यतित भइसकेको अवस्थामा इटहरी नगरबासीहरुलाई उद्योगी व्यवसायीहरुले सहयोग गरिरहेको जनाएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेल र महासचिव पिताम्बर पोखरेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै इटहरीका ब्यापारीहरुले कालोबजारी नगरेको भन्दै यस्तो अवस्थामा कसैलाई अबैध काम नगर्न अनुरोध समेत गरेको छ । नियम कानुन उल्लंघन गरि कालोबजारी गरेमा संघले कडा कारबाही गर्ने समेत जानकारी गराएको छ ।

संघले घरबहालमा सहुलियत दिन,उद्योगी व्यवसायीहरुलाई नेपाल सरकारले लिने कर तथा राजस्वमा सहुलियत दिन तथा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको ब्याजमा सहुलियत दिन र कर्जा तिर्ने म्याद थप गर्न समेत सरकार सँग माग गरेको छ । उद्योग वाणिज्य संघ इटहरीले घरबहाल,कर र बैंक ब्याजका विषयमा ठोस पहल गर्न प्रदेश उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ समक्ष माग पनि गरेको छ ।

संकटको यो क्षणमा घरधनी तथा बैंक वित्तीय संस्थाले उद्योगी व्यवसायीलाई ब्याज तथा घरबहाल असुल गर्न दबाब दिए उद्योग वाणिज्य संघ इटहरी सधै उद्योगी व्यवसायीको साथमा रहेको समेत विज्ञप्तीमा जनाईएको छ ।

तपाईको प्रतिक्रिया

Loading…