घरघरमा सामान पुर्याउदै गोरखा डिपार्टमेन्ट

इटहरी / कोरोना भाइरस सँग लड्न सरकारले लक डाउन जारी गरेको छ । सरकारले देशवासीलाई घर बाट बाहिर नजान आदेश जारी गरेपछि अहिले सिङ्गो देशवासी घर भित्रै रहेका छन् । घरभित्र रहने र व्यापार व्यवसायहरू बन्द गर्ने सरकारले आदेश दिएपछि अहिले आम नागरिकको घरमा अत्यावश्यक सामाग्रीहरू अभाव हुँदै गएको छ । त्यसैले यति बेला इटहरी र धरानका स्थानीय सरकारले भने निजी क्षेत्रलाई जनताको घरघरमा सामान र्पुयाउन संयोजन गर्ने भएको छ ।

इटहरी क्षेत्रभित्र उपमहानगरपालिकाको समन्वय र सहकार्यमा गोरखा डिपार्टमेन्टले खाद्यान्न लगायतको आवश्यक सामग्री घरघरमै लगेर सामान बिक्री गर्ने भएको छ । गोरखा डिपार्टमेन्ट इटहरी शाखाले सम्पूर्ण वडामा सामाग्री र्पुयाउने जिम्मा लिएको छ । सरकारले चैत्र ११ देखि १८ गतेसम्म एक साता लकडाउन घोषणा गरेकोले उपमहानगरको समन्वयमा वडास्तरिय तालिका नै बनाएर सामाग्री र्पुयाइने डिपार्टमेन्ट स्टोरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…