घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्दै

धरान / बढ्दै गएको शहरीकरणसंगै घर निर्माणसमेतमा वृद्धि भएपछि जग्गा अभावका कारण तरकारी खेती गर्न नपपाउनेहरुका लागि समेत घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्न थालेको छ । बढ्दो सहरीकरणसंगै जग्गा खरिदविक्री गर्नेले जग्गा प्लटिङ्ग गर्दै जाने र त्यसमा घर निर्माण हुदै गएपछि जग्गाको अभावका कारण तरकारी खेती गर्न नपाउनेहरुका लागि धरान ३ माछाभौडीमा रहेका मोहन श्रेष्ठ उदाहरणीय पात्र बन्न पुग्नुभएको छ ।

विगत १ बर्षदेखि उहाले आफूले निर्माण गरेको घरको छतमा व्यवसायिक तरकारी खेती गर्न थालेसंगै परिवारलाई तरकारीको अभाव हट्नुकै साथै यसैबाट राम्रो आम्दानीसमेत गर्न थाल्नुभएको छ । उहाले अहिले करिब २५÷३० जातिका तरकारी खेती आफूले निर्माण गरेको घरको छतमा लगाउदै आउनुभएको छ । यसबाट परिवारलाई ताजा तरकारी प्रयोग गरेसंगै उब्रिएको तरकारी बजारमा बेच्ने गरेको कृषक मोहन श्रेष्ठले बताउनुभयो ।

gharko chadma tarkari photo
यतिमात्र हैन माछा व्यापारीहरुले माछा खरिद गरिसकेपछि जथाभावि फाल्ने थर्मकोलको टोक्रीले फोहोर हुने भएपछि उहाले फोहोरको व्यवस्थपनसंगै सब्जी खेती गर्दा आम्दानी पनि हुने र फोहोर व्यवस्थापन पनि हुने सोचले तरकारी खेती शुरु गरेको उहाले बताउनुभयो । धरानलाई हरित सहर बनाउने योजना अनुरुप धरान नगरपालिकाले शुरु गरेको हरित घर निर्माणलाई समेत यसले सहयोग पुग्ने धरान नगरपालिकाले समेत प्रष्ट पारेको छ । धरान उप नगरपालिकाका वातावरणीय अधिकृत सुनिल नेपाललले उहाले गर्नुभएको कामको प्रसंसा गर्दै आगामी दिनमा उपनगरपालिकाले प्राविधिक सहयोगदेखिलिएर चाहिने आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उहाले गरेको कार्यलाई उदाहरण मानेर आगामीदिनमा उपमहानगरपालिकाले सचेतना अभियान चलाउने समेत जानकारी दिनुभयो ।

श्रेष्ठले छतमा अहिले गोलभेडा, साग, धनिया, चमसुर, सोप, लौका, वैगुन लगायतका सब्जी उत्पादन गरेर घरमा प्रयोग गर्ने र बाकी रहेको करिब मासिक १५ देखि २० हजार विक्री गर्ने गरेको श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...