घट्यो सुनको मुल्य , हेर्नुहोस् यस्तो छ आजको भाउ

काठमाडौं / बुधबार आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । हिजो ५९ हजार ६०० मा कारोबार भइरहेको सुनको भाउ आज तीन सयले घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन तोलमा ५९ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको भाउ भने ५ ले बढेको छ ।आज चाँदीको भाउ ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया