ग्लोबल आईएमई बैंक र इन्टरनेशनल फाईनान्स कर्पोरेसन वीच व्यवसायीक सहयोग सम्बन्धी यस्ताे भयाे कुराकानी

global-ime

काठमाण्डाै । ग्लोबल आईएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक श्री मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ ।

उहाँहरुवीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन वीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिती रहेको थियो ।

इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायीक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।

तपाईको प्रतिक्रिया

Loading…