ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता

काठमाडौँ। ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको ष्ककगभच र बअत्रगष्चभच प्रशोधन सेवा पुर्याउने उद्धेश्यले सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल ज्यू तथा मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर श्री नरेन्द्र नन्दल ज्यूले हस्ताक्षर गर्नुभयो ।

मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको छ जसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने छ । यस सम्झौता पश्चात मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ ।

यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा अबकजभिकक भुक्तानी प्रणली लागू गर्न मद्दत गर्ने छ । बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नकोलागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...