गरगहना धितो राखी रकम निकाल्नेको संख्या बढ्दो

सोलुखुम्बु / पछिल्लो समय बैंकहरुमा गरगहना धितो राखी रकम निकाल्नेको संख्या बढ्दै गएको छ । रकम अभाव भएको समयमा आफुसंग भएको गरगहना बैंकमा धितो राखी रकम निकालेर आफ्नो आवश्यकता पुर्ति गर्नेको संख्या बढ्दै गएको हो । पैसा भएको समयमा सुन अथवा गरगहना खरिद गरिराख्ने र अति आवश्यक परेको खण्डमा त्यही गरगहना धितो राखी रकम निकाल्नेको संख्या पछिल्लो समय बढ्दै गएको तथ्यांक बैंकहरुमा उल्लेख छ ।

बैंकबाट मात्र नभइ सुनचादी पसलहरुबाट समेत सुन धितोमा राखी पैसा लिकाल्ने प्रवक्ति रहेको हाम्रा संवाददाता धन कुमार ढुंगेलले बताउनुभयो । उहाका अनुसार विगतमा सुनचादी पसलमा सुन धितो राख्नेको संख्या बढि रहे पनि भरपर्दो राष्ट्रिय वाणिज्य बैंकको स्थापना भए पश्चात भने सो संख्या घट्दै गएको छ । नेचा सल्यान गाँउपलिकामा रहेको साखा रहित राष्ट्रिय वाणिज्य बैंकमा हालसम्म १३ तोला सुन धितोमा राखिएको बताईएको छ । बैंकका कर्मचारी हेमराज भट्टराईका अनुसार धितो राखिएको सुन बैंकमा राख्ने ठाँउ नभएका कारण सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा राखिएको छ । धितो राख्नेमा कमैले रकम फिर्ता गरी सुन फिर्ता लिएका छन् भने बढि संख्याका मानिसले भने अझै सुन फिर्ता लिन बाकी रहेको उहाले बताउनुभयो । बैंकमा सुन धितो राख्नुको मुख्य कारणका रुपमा भुकम्प पुन निर्माण देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले भुकम्प पुन निर्माणका लागि लाभग्राहीलाई किस्ता किस्तामा रकम उपलब्ध गराउने भएकाले पनि बैंकमा सुन धितो राखी कर्जा निकाल्नेको संख्या बढेको देखिएको हो । नेचा सल्यान गाँउपालिका वडा नं ४ का हर्कराज राईले घर बनाउनका लागि किस्तामा मात्र रकम प्राप्त हुने भएका कारण सुन धितोमा राख्नु भएको छ । किस्ताबाट रकम प्राप्त हुन भन्दा अगाबै मिस्त्रीलाई पैसा दिनुपर्ने भएकाले आफुले बैंकमा सुन धितो राखेको राईले बताउनुभयो । यता राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा भने सुन धितो राख्नेको संख्या बढि मात्रा रहेको पाईन्छ । हालसम्म १ सय ८३ जनाले सुन धितोमा राखि कर्जा लिएको बैंकका सहायक प्रबन्धक चित्र खड्गाले बताउनुभयो । उहाँका अनुसार केहीले भने रकम चुक्ता गरि सुन फिर्ता लिईसकेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…