गढीको कोरोना राहत कोषमा सिद्धार्थ बैंकको सहयोग

इनरुवा / सुनसरीको गढी गाउँपालिकामा रहेको सिद्धार्थ बैंकले गाउँपालिकाको कार्यालयलाई ३० हजार रुपैया सहयोग उपलब्ध गराएको छ । बैंकले सो रकम गाउँपालिकाले संचालनमा ल्याएको राहत कोषमा जम्मा गराएको हो ।बैंकका शाखा प्रबन्धक केशव श्रेष्ठले सहयोग रासी बराबरको चेक गढी गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीलाई उक्त चेक संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

प्रबन्धक श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन सहयोगकालागि राहत कोषमा उक्त रकम जम्मा गराइएको हो ।

प्रबन्धक श्रेष्ठले दिएको जानकारी अनुसार मुलुक भर रहेका शाखा मध्ये स्थानीय तहमा कोरोना राहत कोषमा रकम जम्मा गर्ने गढी पहिलो शाखा हो । गढी गाउँपालिकाको कार्यालयले कोषमा रकम सहयोग उपलब्ध हुने क्रम जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…