खाद्य संस्थानबाट धान खरिद सुरु

विराटनगर, २४ पुस । नेपाल खाद्य संस्थान विराटनगर शाखाले धान खरिद गर्न थालेको छ । सोना धान प्रति क्विन्टल रु दुई हजार १०का दरले पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको संस्थानले जनाएको छ । मोरङ व्यापार सङ्घ र लहान बजारस्थित धानको मूल्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा आयोजित मूल्य निर्धारण समितिको बैठकले सो धानको मूल्य निर्धारण गरेको हो ।

शाखाले धान खरिद गरी चामल तयार पारेर कोसी अञ्चलका पहाडी जिल्लामा डिपोमार्फत बिक्री सर्वसाधारणलाई वितरण गर्नाका साथै विराटनगर, सुनसरीको झुम्का, सङ्खुवासभा, भोजपुर, धनकुटास्थित कारागारमा पनि चामल उपलब्ध गराउँदै आएको छ । शाखामा यतिखेर चार हजार क्विन्टल चामल मौज्दात रहेको सो शाखा प्रमुख सुरेश ढकालले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

Loading...