ब्याबशायिक दुध उत्पादन सँगै गाँउ गाँउमा दुध संकलन

तेह्रथुम १४ भाद्र तेह्रथुमको ग्रामिण क्षेत्रमा रही ब्याबशाकिय रुपमा दुध उत्पादन गर्दै आएका कृषकहरु गाँउ गाँउमा दुध संकलन गरी बिक्री गर्दै आएका छन ।
जिल्लाको पश्चिमी क्षेत्रमा कृषकहरुले गाई पालनलाई ब्याबशायिक रुपमा बिकास गरी दुध उत्पादनमा आकर्षण भए सँगै गाँउ गाँउमा दुध संकलन गरी बिक्री गर्दै आएको छथर दुग्ध चिस्यान केन्द्र्रका ब्याबश्थापक लोकेन्द्र बुढाथोकीले बताउनु भयो । दुध उत्पादन गरेपछि बिक्री गर्न समस्या भएको र गाँउ गाउँमा स्थापना भएका सहकारी संस्थाहरु दुध उत्पादक समुहको सकृयतामा कृषकहरुले गाँउ गाँउमा संकलन गरी बिक्री केन्द्र सम्म ढुवानी गर्दै जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष डम्बर भट्राईले बताउनु भयो ।

आम्दामीको मुख्य श्रोतको रुपमा गाई पालन सँगै दुध उत्पादन गर्दै आएका कृषकहरुले दुध बिक्रीबाट राम्रो आम्दामी लिँदै आएको ताक्लुङ कृषी सहकारी संस्थाका ब्याबश्थापक डोलन तिगेलाले बताउनु भयो । दुध बिक्रीका लागी बजार पुर्याउन समस्या भएकाले गाँउ गाँउमा स्थापना गरीएका सहकारी संस्थाहरु र समुहमा नै दुध संकलन गरी बिक्री गर्न सह बनेको कृषकहरुले बताउने गरेका छन । किसानहरुले दुध उत्पादनका लागी उन्नत जातको गाईहरु जिल्ला बाहिरबाट भित्र्याउँदै आएको जलकन्या कृषक पशुपालन सहकारी संस्थाका ब्याश्थापक सन्तोष सुदेबीले बताउनु भयो । संकलित दुध मानबिय तथा घोडाबाट ढुवानी गरी स्थानीय स्तरमा स्थापना भएका स–साना छुर्पी उद्योगलाई दुध बिक्री गर्दै आएको छन ।

ब्याबशायिक रुपमा गाईपालन सँगै दुध उत्पादन गर्दै आएका जिल्लाका ग्रामिण क्षेत्रमा रहँदै आएका किसानहरुले बर्षेनी बर्षाले ग्रामिण सडकहरु अबरुद्ध गरे सँग दुुध ढुवानीको समस्याले भने जेलीदै आएका छन । उन्नत जातका देखी १० वटा सम्म गाई पलान गरी दुध बिक्री गर्दै यहाँका किसानहरुले दुुध प्रतिलिटर ४० देखी ५५ रुपैयाँमा बिक्री गर्दै आएका छन । किसानहरुले उत्पादन गरेको दुध हिले स्थीत जिबन बिकास डेरी हिले धनकुटा र धरान डेरीलाई दैनिक ४ हजार लिटर दुध बिक्री गर्दै आएको छथर दुग्ध सहकारी संस्थाले जनाएको छ । जिल्लाको पश्चिमी क्षेत्र अन्तरगत फुलेक, बसन्तपुर, दाँगपा, सुदाप, ओख्रे, हमरजुङ र आङदिम लगायतका ठाँउमा रहेका किसानहरुले दुध उत्पादन गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया