कुखुराको खोरबाट निस्कने अमोनिया न्यूनिकरणको लागि पोषण व्यवस्थापन

पृष्ठभूमी : आधुनिक कुखुरा प्रणालीमा धेरै खाले वायु प्रदुषण सम्मीलित हुने गर्दछन् जस्तै अमोनिया, कारबन डाइअक्साइड धुलो तथा जीवाणु । यिनीहरु मध्ये अमोनियाले कुखुरा फार्ममा तथा वातावरण जटिल समस्या श्रृजना गर्दछ । अमोनियाले कुखुराको वथानको उत्पादन कार्यदक्षताका साथै कुखुरा खोरमा कामदारमा स्वास्थ्य समस्यामा नकारात्मक रुपले प्रभाव पार्ने गर्दछ । अमोनियाको वृद्धिले दानाको खपत तथा शारीरिक वृद्धि दरमा समेत असर गर्दछ । कुखुराको खोरमा अमोनियाको स्तर न्यूनिकरण गर्न निम्न उपाय अवलम्वन गर्न सकिन्छ ।

कुखुराको खोरमा अमोनिया उत्पादन : अमोनिया रंग विहिन, पानीमा घुलन हुने क्षारीय रसायनिक गुण भएको कडा च¥याउने खालको ग्यास मानिन्छ । यो दुई प्रकारको हुन्छ । वातावरणीइ अमोनिया : यो एउटा सुलीमा भएको मल र चिस्यान बीच हुने रसायनिक अन्तरकृयाबाट उत्पन्न हुने प्राकृतिक उप–उत्पादन मानिन्छ । सुलीमा अवस्थित युरीक एसिडलाई व्यासिलस पासचुरालीस युरो कोलाईटिस व्याकटेरी द्धारा जीवाणुजन्य बिग्रहिन हुनुलाई कुखुराको खोरमा अमोनिया उत्पादनको प्राथकिम श्रोत मानिन्छ । वातावरणमा उपस्थिती, अनुपस्थिती दुवै अवस्थामा शुलीमा हुने जिवाणुजन्य बिग्रहका कारण अमोनिया उत्पादन निरन्तर भइरहन्छ । न्यानो तापक्रम, चिस्यान, पि.एच तथा जैविक सामाग्रीको उपलब्धता जस्ता तत्वहरुले अमोनिया उत्पादनमा सहयोगी भूमिका खेल्दछन् ।

आन्द्राजन्य अमोनिया : यो जिवाणुजन्य इन्जामको युरियामा हुने गतिविधिको कारण उत्पादित उप–उत्पादन मानिन्छ । जति बेला आन्द्राजन्य अमोनियाको संघनता बढि हुन्छ रक्त सञ्चार प्रणालीमा पि.एचको अवस्था फेरवदल हुन्छ साथै अकसीजन ओसार पसार गर्ने रगतको क्षमता पनि जसले गर्दा कुखुरामा जलग्रहको समस्या देखिन थाल्दछ ।

डा.केदार कार्की

कुखुराको स्वास्थ्य अवस्थामा अमोनियाको प्रभाव : अमोनियाको बढि संघनताको कारण कुखुरामा निम्न अनुसारको स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्दछ । कोचाकोच गरी पालिएको कुखुरामा सर्पकीत छाला जन्य समस्या प्रति बढि ग्रहणशिल हुने गर्छन् । पैतालामा हुने छालाजन्य समस्याका कारण बाली लाग्ने क्षमतालाई व्यवधान पु¥याउदा व्याडका कुखुराको उत्पादनशीलतामा ५० प्रतिशत सम्म घटेर जान सक्छ । स्वासनली तथा फोक्सोमा पानी जन्मेको संकेतका साथै अकसीजनको न्यूनताका कारण कुखुराहरु इ. कोलाई जस्ता जीवाणु जन्य रोग प्रति बढि ग्रहणशिल हुन पुग्दछन् । ५० पि.पि.एम सम्मको अमोनिया संघनताको सम्पर्कमा रहेका कुखुराको रहेका कुखुरामा केराटो कन्जडष्काटिभाइटिस हुने गर्दछ । साथै जलग्रह पनि यदि अमोनियाको संघनता १०० पि.पि.एम. पुग्यो भने कुखुराको मृत्युदर बढेर जान्छ ।

मानविय स्वास्थ्यमा अमोनियाको प्रभाव : कुखुरा खोर वरी परी बस्ने मानिस वा कुखुरा पालनका गतिविधिमा संलग्न व्यक्तिहरुमा, झिंझो लाग्ने, उत्साह कम हुने, रिस उठने थकित हुने समस्या बढि देखि नै गर्दछ । बढि मात्रामा टाउको दुख्ने, नाकबाट पानी बग्ने, घाटी सुन्निने दुख्ने, बढि खोकी लाग्ने, पखाला लाग्ने आँखा पोल्ने जस्तो स्वास्थ्य जन्य समस्या देखिने गर्दछ ।

पोषण व्यवस्थापन : दाना आहारामा प्रोटिनको मात्रा व्यवस्थापन : आहारामा १ प्रतिशत क्रुड प्रोटिनको वृद्धिले पानी खाने मात्रा ३ प्रतिशत तथा नाइट्रोजन विर्सजन १० प्रतिशतले वृद्धि गराउदछ । पाचन प्रणालीमा आहारामा भएको प्रोटिन पचेर कुखुरालाई चाहिने आवश्यक प्रोटिन संरचित हुदा अन्तिम उत्पादन यूरीक एसिड तयार हुन्छ जसको एक अंशले तिन अंश अमोनिया उत्पादन गर्दछ । यदि कुखुराको दाना आहारामा प्रोटिनको मात्रा घटाउने हो भने यस्तो दानामा शक्तिको मात्रा बढि हुन जान्छ जसले गर्दा अमोनियाको तह (३१) एकतिस प्रतिशतले घटेर जान्छ ।

वनस्पतिजन्य दाना आहारा सहयोगीको प्रयोग : वनस्पतिजन्य दाना आहारा सहयोगी मिसाउदा कुखुराको स्वास्थ्यमा धेरै किसिमले प्रभाव पार्छ । प्राकृतिक पाचन बर्धकको रुपमा यिनले आन्द्राबाट इन्जाइम पित्तको अम्ल उत्पादन अभिप्रेरित गर्दछ जसले गर्दा पचेको पोषण तत्वको सचेतना अभिवृद्धि गराउदछ । यसले खोरको हावामा अमोनियाको मात्रा दानाको संरचना तथा पोषकतत्वको उपभोगको कारण न्यूनिकरण गराउदछ । यि वनस्पतिजन्य दाना आहारा सहयोगीमा सापोनीन तथा ग्लुकोज जन्य जैविक रसानिक तत्व हुने गर्दछ । सापोनिनले आन्द्राको सहजीकरण गराउदछ । ग्लुकोजजन्य तत्वमा उच्च तापक्रम स्थीर गुण भएको हुनाले यसले अमोनियालाई आफुसँग बाधेर राख्छ र यसलाई विषरहित नाइट्रोजन जन्य अवयवको रुपमा परिणत गराउदछ ।

सोतर व्यवस्थापन : सोतरको चिस्यान ३०–४० प्रतिशतको बिचमा वृद्धि भएमा यसले सोतरमा अमोनिया उत्पादनमा अभिवृद्धि गराउदछ यस्तो चिस्यानमा अमोनिया अल्झिने हुदा वातावरणीय हावामा प्रवाहित हुन पाउदैन । यदि सोतर सुख्खा हुन पूग्यो भने अमोनिया हावामा मिसिन पुग्छ । त्यसैले सोतरको चिस्यान करीव २०–२५ प्रतिशत राखिनु पर्दछ । यदि सोतर धेरै भिज्न गयो भने ताजा सोतर थपेर छोप्नाले अमोनिया उत्पादनमा असर पु¥याउछ किनभने यसले भौतिक छेकवार चिसो सोतर माथि गर्ने हुने हुदा अमोनिया बाहिरी हावामा प्रवाहित हुन पाउदैन । करिव १० सेन्टीमिटर बाक्लो सोतर राखेमा यसले सोतरको सतहमा जम्मा भएको पानी तलतीर निकाश गराउन प्रोत्साहित गराउने हुदा अमोनिया सोतरको पोकामा अल्झीएर बस्छ । खोरको तापक्रम १८ डिग्री सेन्टीग्रेडमा झारेमा अमोनिया उत्पादनमा सहयोग गर्ने जीवाणुको विकास अवरोध पु¥याउछ । सोतरलाई हप्तामा २ पटक ओल्टाई फर्काइ गर्नाले एकै पटक धेरै मात्रामा अमोनियाको प्रवाह हुन दिदैन । एउटा बथान पछि अर्को बथान त्यहि खोरमा राख्नु भन्दा पहिले पुरानो सोतर फयाल्नु पर्नेछ । व्यासिलस आधारित जिवाणु जन्य सोतर सहयोगी राख्नाले ग्राम नेगेटिभ जीवाणुजन्य संख्या न्यूनिकरण गर्नका साथै नाइट्रोजनलाई यथास्थितीमा राखी अमोनिया उत्पादन न्यूनिकरण गर्न सघाउ पु¥याउछ । सोतरमा फेरिक सल्फेट प्रयोग गर्नाले अमोनिया उत्पादन न्यूनिकरण गर्दछ तर कुखुराको शारीरिक वृद्धिमा कुनै असर पु¥याउदैन ।

अन्य व्यवस्थापनका पक्षहरु : हावाको राम्रो दोहोरो निकास तथा उचित स्थिर दबाब राम्रो सीत हावा मिसिनको लागि व्यवस्था गर्नु पर्छ । खोरमा ७० प्रतिशत भन्दा तलको तहमा ओस्यालोपन हुनु पर्छ जसले गर्दा सोतर डल्ला पर्नबाट रोक्न सकियोस् । पानी खाने व्यवस्था टुटीको प्रयोग बाट गर्ने तथा सोतरमा पानी चुहिने वा पोखीने भई सोतर भिज्न नदिने व्यवस्था गर्नु पर्छ । सोतर धेरै भिजेर गिलो भएमा त्यस्तो सोतर निकालेर ओभानो सोतर राख्नु पर्दछ । खोरको हावाको निकाश क्षमता अनुसार कुखुराको संख्या राख्नु पर्छ । जाडोको बेला खोरको हावाको निकासदर उचित राख्नु पर्छ । कुखुराको खोरको वरीपरी राम्रो सित रुखको लहर रोप्नु पर्छ ।

निष्कर्ष : कुखुराको खोरमा अमोनियाको नियन्त्रण कुखुराको बथानका साथै मानिसको स्वास्थ्य सुरक्षाको लागि आवश्यक हुन्छ । यो ज्यादै महत्वपूर्ण यसकारण पनि छ कि अमोनियाको असरका कारण हुने आर्थिक क्षतिपूर्र्ति न्यूनिकरण गर्न मद्दत गर्दछ । त्यसैले कुखुराको खोरबाट अमोनिया विर्सजन रोक्न सबै खाले उपायहरुको बेलैमा प्रवन्ध गरी कुखुरा पालनको व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । कुखुरापालन बाट आय आर्जन लिन साथै कुखुराको खोरमा काम गर्ने काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका साथै खोर वरीपरी बसोबास गर्ने जनसमुदायको स्वास्थ्य सुरक्षाको लागि तथा वातावरण तथा पर्यावरण स्वच्छ तथा स्वस्थ्य राख्नका लागि ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…