किसानले मिल पाएपछी गाउँ गाउँमै खाद्यन्य कुटानीमा सहज

तेह्रथुम / जिल्लाको ग्रामिण क्षेत्रमा खाद्यन्य कुटानीका लागी घण्टौको बाटो पुर्याउनु पर्ने बाध्यता रहँदै आएको थियो । गाउँ गाउँमा प्रशस्त मिल नहुँदा टाढाको बाटो पुर्याएर खाद्यन्य कुटानी पिसानी गर्नुको कुनै बिकल्प थिएन । किसानहरुको ममस्यालाई मध्यनजर गर्दै जिल्लाको छथर गाउँपालिका २ मा सञ्चालीत प्रधानमन्त्री कृषिपरियोजना कमै पकेट कार्यक्रमकाले मिल बितरण गरेका छ ।

किसानलाई प्रदान गररीएको मिलका पाटपुर्जा अन्यात्र प्रयोग नगर्न नपाईने र यस्तो गरे्को पाएमा समितीले जफत सम्म गर्ने छथर २ मा सञ्चालन भई रहेको परियोजनाका अध्यक्ष सन्तोष सुबेदीले बताएका छन । खाद्यन्य कुटानी पिसानीका किसानको अनुकलु बन्ने भएको छ । किसानहरुलाई थोरै मकै पिसानी गर्न टाढाको बाटो पुर्याउँदा र परम्परागत जाँतोमा पिसानी गर्दा समेत समय धेरै खर्चीनु पर्ने बाध्यता हटेको छ । लागी मिल गाउँ गाउँमा सञ्चालन सँगै यहाँका किसानहरुको समय बचत हुने र मिललाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने किसान हरि भट्टराईले बताए ।

खास गरी छथर गाउँपालिकाको हमरजुङलाई मकै पकेट क्षेत्रको रुपमा कार्यक्रम सञ्चालन हुनु भन्दा पहिलेदेखी नै किसानहरुले मकैको बिउ बिजन उत्पादन गरी बिक्री बितरण गर्दै आएका छन । मकै पकेट क्षेत्रको रुपमा रहेको हमरजुङबाट बर्षेनी ठुलै मात्रा बिउ अन्यात्र बिक्री हुँदै आएको कार्यक्रमलाई निरन्तरताका साथै ब्लग र जोनको रुपमा बिकास गर्नका लागी छलफल भई रहेको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । बस्ती बस्तीमा किसानहरुलाई पायक पर्ने गरी आर्थीकबर्ष २०७४÷७५ मा १० वटा र चालु आर्थीकबर्षमा ३ वटा मिल बितरण गरीएको छ । कार्यक्रमको ८५ प्रतिशत अनुदान र १५ प्रतिशतमा मिल र डिजीटल तराजु प्रदान प्रदान गरीएको हो ।

तपाईको प्रतिक्रिया

Loading…