कान्तिपुर अटो लिंकले डिलर अफ दी इयरको एवार्ड हात पार्न सफल

बिर्तामोड, मंसीर २२। मेची अञ्चलका लागि जापानिज गाडी टोयोटाको आधिकारिक विक्रेता कान्तिपुर अटो लिंकले डिलर अफ दी इयरको एवार्ड हात पारेको छ । झापाको बिर्तामोडमा अवस्थित टोयोटा गाडीको आधिकारिक विक्रेता कान्तिपुर अटो लिंकले काठमान्डौँमा आज आयोजित एक कार्यक्रमका बिच डिलर अफ दि ईयरको एवार्ड हात पारेको हो ।

टोयोटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता युनाईटेड ट्रेडर्स सिन्डिकेटको ५० औँ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा कान्तिपुर अटो लिंकका सञ्चालकद्वय रमेश उप्रती र महेश उप्रेतीले सो एवार्ड ग्रहण गर्नुभएको हो ।स्थापनाको छोटो अवधिमै उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्न सफल भएको भन्दै कान्तिपुर अटो लिंकलाई युनाईटेड ट्रेडर्स सिन्डिकेटका प्रसिडेन्ट सुरज वैधले एवार्ड प्रदान गर्नुभएको जनाईएको छ ।

एक बर्ष अघि झापाको बिर्तामोडमा स्थापना भएको कान्तिपुर अटो लिंकले स्पेयर पार्टस्, मर्मत तथा टोयोटा गाडीको विक्रिवितरणमा उल्लेख्य कार्य गर्दै आएको छ । सोही कार्यको मुल्याकंन गर्दै युनाईटेड ट्रेडर्स काठमान्डौँले कान्तिपुरलाई एवार्ड प्रदान गरेको समाचारमा जनाईएको छ । कार्यक्रममा देशभरका टोयाटा गाडीको डिलर प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...