काठमाडौं-राजविराज उडानमा बुद्ध एयरकाे आकर्षक छुट

काठमाडौं । काठमाडौं-राजविराज उडानमा बुद्ध एयरले आकर्षक छुट दिने भएकाे छ । आउँदो माघ १८ गतेदेखि बुद्ध एयरले आकर्षक छुट सहित काठमाडौं-राजविराज नियमित उडान सुरु गर्ने भएकाे हाे । बुद्धको लागि नयाँ गन्तब्य हो। बुद्धले यो गन्तब्यमा एटिआर-७२ मार्फत सातै दिन उडान गर्ने जनाएको छ। बुद्धले हरेक दिन बिहान ११: २५ बजे काठमाडौँबाट राजविराज र १२:२० बजे राजविराजबाट काठमाडौँको उडान सुरु गर्दै जनाएकाे छ ।

याे उडानबाट राजविराज लगायत लहान, गाइघाट, उदयपुर, सुनसरी लगायत क्षेत्रका सर्वसाधरणलाई सुविधा पुग्नका साथै छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिने जनाइएकाे छ । राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलै संग जोड्नुका साथै राजविराज वरपर भएका सर्वसाधरणको मागलाई केन्द्रित गर्दै बुद्धले यो गन्तब्यमा एटिआर-७२ जहाज उडान गर्ने योजना बनाएकाे छ ।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले ०१६ सालमा विमानस्थलको शिलान्यास गरेका थिए । कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्या देखाउँदै विमानस्थल बन्द भएको थियो । दशक अगाडिसम्म पनि विमान सन्चालन भइरहेकोमा त्यसपछि पुनः बन्द भएको थियो । करिब ३० करोड ३० लाखको लागतमा विमानस्थल निर्माण गरिएको थियाे ।

राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैस“ग जोड्न सकिन्छ । यसबाट दुबै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।

तपाईको प्रतिक्रिया

Loading…