कर्मचारी हटाउँदै टोकला चिया वगान

झापा / झापाको टोकला चिया बगानले कर्मचारी हटाउन शुरु गरेको छ । त्रिवेणी ग्रुपले सञ्चालन गर्दै आएको चिया वगान प्रशासनले ३० बढी कर्मचारी हटाएको छ । सरकारले लागू गरेको श्रम ऐन कार्यान्वयन नगरी धमाधम कर्मचारी हटाउन शुरु गरेसंगै अन्य कर्मचारी समेत त्रसिद बनेका छन् । करिब दुई दशकदेखि बगानमा कार्यरत श्रमिक माहु उराउले करिब डेढ महिनाअघि जागिर छाडे  । बगान प्रशासनको चर्को दबाबका कारण जागिर छाड्न बाध्य भएको बताए ।

‘कम्पनीले चौकीदारबाट निकालेर पत्ती टिप्न पठायो,’ करिब २२ वर्षदेखि कार्यरत उराउले दुखेसो पोखे, ‘पत्ती टिप्दाटिप्दा बल्ल तल्ल चौकीदार भएको थिएँ, फेरि पत्ती नै टिप्न जान मन मानेन ।’

तोकिएको नयाँ काममा नजाने भए अन्यत्र सरुवा गर्ने चेतावनी आएपछि यिनले बाध्य भएर राजीनामा दिए । ‘अन्त गएर काम गर्नुभन्दा बरु जागिरै छाडिदन्छु भन्ने लाग्यो,’ उनले भने, ‘राजीनामा बुझाएँ ।’ खासमा टोकला बगानको कारखानामा नौ जना चौकीदार थिए । त्यसमध्ये छ जनालाई अन्यत्रै खटाइएको थियो । अन्य ५ कर्मचारी नाली खन्ने र पाइप बोक्ने काममा खटाइएको छ ।

बोल्न नसक्ने तर काम गर्न ज्यानै दिनसम्म पछि नपर्ने बुदिनी उराउले पनि महिना दिन अघि हुँदा खादाको जागिरबाट हात धुनुपर्‍यो । करिब अढाई दशक बगानमा पसिना बगाएकी उनलाई बगान प्रशासनले हठात हटायो । यिनी स्थायी श्रमिककोसूचीमा थिइन् ।माहु र बुदिनी उराउ प्रतिनिधि पात्र मात्रै हुन् । बगानले उनीहरू जस्तै लामो समयदेखि कार्यरत ३० बढी श्रमिकलाई राजनीनामा दिन बाध्य पार्दै हटाइरहेको छ । २०५७ सालमा टोकलासहित झापा र इलामका सात वटा चिया बगानलाई सरकारले निजीकरण गरेको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया