कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङ / बिपद्का समयमा आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको राहत लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आपतमा उपकारी, हाम्रो सहकारी भन्ने नारा सहित वित्तिय कारोबार गर्दै आएको उक्त सहकारी संस्थाले यस अघि विपद्मा शेयर सदस्यलाई दिदै आएको राहत कार्यक्रमलाई निरन्तरता दिने, रिण नीति अनुसार बचत संकलन तथा लगानीलाई निरन्तरता दिने, सस्थाका सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि लगायतका कार्यक्रमलाई निरन्तरता दिने योजना सहित साधरणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष चन्द्रकुमार यवागुले यस अघि विभिन्न परिस्थितीमा परेका २९ जना सदस्यहरुलाई १ लाख ५ हजार बराबरको राहत समेत संस्थाले प्रदान गरेको जानकारी दिनुभयो । आगामी समयमा समेत यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो ।

सदरमुकाम स्थित सामुदायिक भवनमा आयोजित साधारणसभाको प्रदेश नम्बर एकका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले उद्घाटन गर्नुभएको थियो । एक हजार ८ सय २८ सदस्य संख्या रहेको उक्त सहकारी संस्थामा ४ करोड ५३ लाख ७२ हजार १२ रुपैँया बचत रकम रहेको पाईएको छ भने १९ लाख ८२ हजार १२ रुपैँया नाफा रकम रहेको देखिएको छ । यस्तै आगामी दिनमा आम्दानी बढाउन र खर्च घटाउनका लागि शुष्म अध्ययन गरि रणनीतिक योजनाका साथ काम गर्नु पर्ने आवस्यकतालाई समेत साधारणसभामा प्रस्तुत प्रतिवेदनले सुझाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

बालबालिकाको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाको जोड

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङमा तीन राउण्ड गोली सहित रिभल्वर फेला

तपाईको प्रतिक्रिया