ओखलढुङ्गाका २ स्थानिय तहमा अझै पुग्न सकेन बैंक

ओखलढुङ्गा / ओखलढुङ्गाका दुई स्थानिय तहमा बैङ्क नहुदा कार्य सम्पादनमा समस्या हुने गरेको छ । जिल्लाको आठ स्थानिय तह मध्ये २ स्थानिय तहमा बैङ्का शाखा नहुदा समस्या भएको हो । गाँउपालिकामा भरपर्दो बैङको शाखा नहुदा व्याङकिङ कारेबारका लागि सदरमुकाम लैजानुपर्ने बाध्यत रहेको चिसंखुगढी गाँउपालिकाका सुचना तथा प्रविधि अधिकृत अस्मितराज भण्डारीले बताउनुभयो । केही महिना भित्रमा नै गाँउपालिकाको केन्द्रमा कुमारी विकासु बैङ्को शाखा खोल्ने तयारीमा गाँउपालिका जुटेको उहाँले बताउनुभयो ।

तस्तै   चम्वादेवि गाँउपालिकामा कृषि विकास बैङको शाखा स्थापना भएपनि ब्याङकिङ् कारोबार का लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको लेखापाल मिलन लुईटेलले बताउनुभयो । यातायातको पहुच पु्गे पनि आफ्नै गाँउमा बैङक नहुदा पैसा असुिरक्षित हुने गरेको बताउनुभयो । उता सुनकोसी गाँउपालिका बासीमा भने सदरमुकाम धाउनुपर्ने बध्यता हटेको छ । एक महिना अगाडि राष्ट्रिय बाण्ज्यि बैङकको शाखा स्थापन भएपछि समस्या हटेको गाँउपाकिलाका सुचना तथा प्रविधि अधिकृत विक्रम दाहालले जनाकारी दिनुभयो ।

लिखु गाँउपालिकामा यसविआई, मोलुङ गाँउपालिकामा राष्ट्रिय बाणिज्य बैङको शाखा स्थापना भईसकेका छन् । त्यसैगरी, मानेभञ्ज्याङ गाँउपालिकामा मेगा बैङ्क, खिजिदेम्बा गाँउपालिकामा राष्ट्रिय बाण्ज्यि बैङ्को शाखा स्थापना भइसकेका छन् । जिल्लाको एकमात्र नगरपालिकामा भने १२ भन्दा बढिको जिल्ला शाखा रहेको नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले जनाकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…