ओखलढुगांमा राष्ट्रिय बाणिज्य बैंकले एटिएम सेवा संचालन गर्ने

ओखलढुगां, पुस २० / राष्ट्रिय बाणिज्य बैंक ओखलढुगांले एटिएम सेवा संचालन गर्ने भएको छ ।प्रविधिको विकास संगै ग्राहकहरुको माग लाई मध्य नजर गर्दै बैकंले एटिएम सेवा संचालन गर्ने भएको हो । एटिएम सेवा संचालनका लागी आवश्यक भौतिक तयारी भईरहेको बैकले जनाएको छ । एटिएम मेसिनको प्राविधिक काम सकिएको र मेसिनलाई राख्ने भवनको लेआउट को काम भईरहेको राष्ट्यि वाणिज्य र्बैक शाखा कार्यालय ओखलढुगांका प्रवन्धक सुमन आचार्यले बताउनुभयो । एटिएम संचालन संगै बैकको सेवा प्रवाह प्रभावकारी हुने उहाँको भनाइ छ ।

जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका साथै सर्वसाधारणको बैङ्किङ कारोबारका कारण रकम झिक्न घण्टौँ लाइन लाग्नुपर्ने अवस्था अब कम हुने आचार्यले बताउनुभयो । यसका साथै कार्यालयमा सेवाग्राहीको भिड कम हुने , समयको वचत हुने, र कार्यालयको समय सकिएपनि सेवाग्राहीले सहजै पैसा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । एटिएम सेवा विहान ६ वजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहने बताइएको छ ।

यस्तै बंैकले इसिसी सेवा पनी संचालनमा ल्याएको छ । जुनसुकै बैंकको पनी चेक साटन सकिने यो सेवा मेसिन जिल्ला भित्रिएको लामो समय सम्म पनी प्राविधिक कारणले संचालन हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया

Loading...