एन आई सी एशिया बैंकद्धारा ताप्लेजुङमा शाखा विस्तार

ताप्लेजुङ / एन आई सी एशिया बैंकले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरि वित्तिय सेवा सुरु गरेको छ । ग्रामिण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत आफ्नो वित्तिय सेवा प्रवाह गर्ने उद्धेश्यले सदरमुकाम फुङलिङमा शाखा विस्तार गरि आईतबारदेखि सेवा सुरु गरेको हो ।

उक्त २८२ औँ शाखाको आईतबार एक कार्यक्रमकाबीच फुङलिङ नगरपालिका का प्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गर्नुभयो । कार्यक्रममा एन आई सी बैंक दमक उप–प्रादेशिक कार्यालयका प्रमुख दिपक थापाले ग्रामिण भेगका आम सर्वसाधरण नागरिक तथा विभिन्न संघ, संस्था, व्यापार व्यवसायीलाई आफ्नो वित्तिय सेवा प्रवाह गर्ने उद्धेश्यले शाखा विस्तार गरिएको बताउनुभयो ।

हाल मुलुकभर २८२ शाखा, ९२ वटा एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान भईरहेको उहाँको भनाई छ । करिब १६ लाख बढि आफ्ना ग्राहकहरु रहेको जनाउँदै उहाँले मुलुकका अन्य वभिन्न क्षेत्रमा समेत शाखा विस्तार हुने बताउनुभयो । ताप्लेजुङमा एनएमबी, जनता, प्रभु, लक्ष्मि, सिद्धार्थ, गण्डकी, लगायतका दर्जनौ बैंक तथा वित्तिय कारोबार गर्ने संघसंस्थाहरु सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

Loading…