एनएमबी बैंकद्वारा प्रदेश १ सरकारलाई १०० थान पिपिई सहयोग

इटहरी / एनएमबी बैंकले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १०० थान प्रदेश १ सरकारलाई प्रदान गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु बिच एनएमबी बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले १०० थान पिपिई प्रदान गरेका हुन् ।

प्रवन्धक घिमिरेले सामाजिक उत्तरदायित्व वहन गर्दै ‘कोभिड–१९’ बाट बढी प्रभावित समुदाय, व्यक्तिलाई सहयोग पुगोस् भन्ने ध्येयले सामग्री सहयोग गरिएको बताएका छन् । उनले महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा एनएमबी बैंक सधै सरिक रहने समेत बताएका छन् ।

एनएमबी बैंक केन्द्रले यसअघि नै नेपाल सरकारलाई रु एक करोड ५१ लाख र प्रदेशअन्तर्गतका शाखा बैंकबाट पनि सातवटै प्रदेश सरकारलाई सहयोग गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…